Logo

बिहिवार, श्रावण २८ गते २०८३

images
२०८३, श्रावण २८ गते
TRENDING
images

आज मिति २०७८ मंसिर १९ गते आईतबार यस्तो छ तपाईको राशिफल

आज मिति २०७८ मंसिर १९ गते आईतबार यस्तो छ तपाईको राशिफल

इच्छाकामना न्युज

१९, मंसिर २०७८
आज मिति २०७८ मंसिर १९ गते आईतबार यस्तो छ तपाईको राशिफल

आजको पात्रो : मंसिर १९ गते २०७८, तदनुसार डिसेम्बर महिनाको ५ तारिक २०२१ ।

images

मार्ग शीर्ष शुल्क पक्ष प्रतिपदा तिथि, ज्येष्ठा नक्षत्र, शुल योग, बब करण र चन्द्रमा वृश्चिक राशिमा रहेको छ । आजको देवता नाग र ग्रहदेव वृहस्पति रहेको छ । आज दिउसो ३ः५१ देखि ०५ः०९ सम्म राहुकाल रहेको छ भने ११ः३४ देखि १२ः१५ सम्म अभिजित मुर्हूत रहेको छ ।

आजको सूर्योदय ६ः४१ मिनेटमा हुनेछ भने सूर्यास्त पाँच बजेर ०७ मिनेटमा हुनेछ । आइतबारको दिन सधै सूर्यनारायणको दर्शन गरेर काम शुरु गर्दा हप्ताभर योजना बनाएका काम सफल हुन्छ भन्ने मान्यता रहेको छ । त्यसैले आइतवारलाई आदित्यबार पनि भनिएको हो । आदित्य भनेको सूर्य हो ।

आजको राशिफल

मेष (चु.चे.चो.ला.लि.लु.ले.लो.अ)

ब्यापार ब्यबसायमा हुनुहुन्छ भने आजको दिन विहानको सूर्योदयको दर्शनपछि ब्यापार शुभारम्भ गर्दा तपाईलाई लाभ हुनेछ । परिवार र मित्रमण्डमलीबाट साथ सहयोग पाउनुहुनेछ । विहानको उदाँउदो सूर्यको दर्शन र देवालयको दर्शन  गरेर काम शुरु गर्दा दिनभर उर्जा र कार्यसििद्ध हुनेछ ।

वृष  (इ.उ.ए.ओ.वा.वि.वु.वे.वो)

तपाईको लागि आजको दिन त्यति अनुकुल छैन । यात्राको लागि अवसर आउनसक्छ । त्यसैले धार्मिक क्षेत्रको यात्रा गर्नु वेश हुनेछ । तपाईले सोचअनुसारको कार्य सफलता मिल्नेछ । आफूले विगतदेखि गर्दै आएको काममा सफलता मिल्नेछ ।

मिथुन (क.कि.कु.घ.ङ.छ.के.को.ह)

मिथन राशिका जातका लागि आजको दिन परिवार र आफन्तजनमा आर्थिक विवाद हुनसक्छ । त्यसैले आजको दिन मौन रहनु वेश हुनेछ । परिवारमा अनावश्यक विवाद हुन खोज्दा विवाद बढ्नसक्छ ।  आर्थिक समस्याको कारण मनमा अनेक चिन्ता र विवादका कारण तपाईले सोचअनुसार काम नहुँदा हुने चिन्ताको बीचमा सकारात्मक सोचको आवश्यकता रहेको छ ।

कर्कट (हि.हू.हे.हो.डा.डि.डु.डे.डो)

दाम्पत्यजीवनमा विवाद हुनसक्छ । त्यसैले आजको दिन कुनै पनि काम गर्दा  होसियारी आवश्यक छ । आफूले गरिरहेको व्यापार ब्यबसाय र कामबाट तपाईलाई हानी हुनसक्छ । धैर्यपूर्वक सोचविचार गरेर मात्र काम गर्नुभयो भने संकट हटाउन सक्नुहुनेछ । 

सिंह (मा.मि.मु.मे.मो.टा.टि.टु.टे)

तपाईको मनमा प्रसन्नता छाउने छ । धनलाभ र स्वास्थ्यले पनि साथ दिने भएकाले तपाईले सोचअनुसारका काम हुँदा हुने खुसीले तपाईको मनमा विजयप्राप्तिको खुसी छाउने छ । आफूले गरेको कार्य सफलताले मनमा उत्साह छाउने छ । आजको दिन विहान सूर्योदयको दर्शन अवस्य गर्नुहोला ।  

कन्या (टो.प.पी.पू.ष.ण.ठ पे.पो)

तपाईको दाम्पत्य जीवनमा सुख, समृद्धिका लागि आजको आइतवार भएकाले अर्थ लाभ हुनसक्छ । कन्या राशिका जातका लागि यात्राको लागि अवसर प्राप्त हुनेछ । आजको दिन शुरु गरेको यात्राले तपाईलाई नयाँ योजना बनाउनका लागि सहयोग गर्नेछ । रचनात्मक र कलाकारितामा मन जानेछ । अध्ययन अनुसन्धानको काममा लाग्नु भएको छ भने सफलता मिल्नेछ ।

तुला( रा.री.रु.रे.रो.ता.ती.तु.ते)

आइतबारको दिन तपाईको चाहना र इच्छाअनुसारको काम नहुँदा पारिवारिक तनावले गर्दा मनमा चिन्ता हुनसक्छ । आफ्नो नियमित काम गर्नुहोला ।  आजको दिन कसैसँग पनि विवाद हुने काम नगर्नुहोला । विवाद गर्दा तपाईमाथि अनेक आरोप लगाउन सक्छन भने तपाईलाई हानी हुनसक्ने संभावना पनि रहन्छ ।

वृश्चिक (तो.ना.नि.नु.ने.नो.या.यि.यु)

तपाइको आजको दिन ब्यापार ब्यबसायबाट सोचेभन्दा बढी धन लाभ हुने देखिन्छ । कसैबाट आर्थिक साथ सहयोग मिल्नेछ । छोटो यात्राले मनमा खुसी छाउने छ । शत्रुहरुले समेत तपाईको कार्यप्रशसा गर्ने छन् । आर्थिक कारोबार गर्दा भने अलिकति सोच, होस र विचार गर्नुहोला । चन्द्रमाको साथ रहेकोले आजको दिन गरेको काममा सफलता मिल्नेछ ।    

धनु (ये.यो.भा.भी.भु.ध.फा.ढ.भे) 

तपाईलाई साथ सहयोग दिने कुनै एकजना मित्र र आफन्तलाई आजको दिन भेट गर्दा तपाईलाई साथ सहयोग हुनुक्छ । परिवारजनबाट प्राप्त हुने सहयोगले नयाँ कामको थालनी गर्नका लागि उत्साह थपिने छ । अध्ययन अध्यापन क्षेत्रमा हुनुहुन्छ भने सरस्वती र आदित्यहद्यस्तोत्र पाठ गर्नुहोला ।   

मकर भो.जा.जी.जू.जे.जो.ख.खि.खु.खे.खो.गा.गी)

मकर राशिको जातकको लागि अध्ययन अध्यापनमा सफलता मिल्नेछ । रचनात्मक काम र कलाकारितामा कार्य गर्ने मीन राशिका जातकका लागि खुसीयाली छाउने छ । तपाईले विगतदेखि गर्दै आएको जे काम भएपनि त्यसको सफलताका लागि एककदम अगाडि बढ्दा तपाईलाई लाभ हुनेछ ।

कुम्भ (गु.गे.गो.सा.सी.सु.से.सो.द)

विहान पहिले सूर्यनारायणको दर्शन गर्नुभयो भने दिन उत्तम वित्नेछ । स्वास्थ्यमा ध्यान दिनुपर्ने र यात्रा गर्नुभन्दा पहिले पूवै तयारी गर्नुहोला । अर्थलाभ, मित्रहरुको साथ सहयोग र सोचअनुसार काम हुनेछ । सकारात्मक सोच र समाजिक कार्यले तपाईलाई मनमा शान्ति मिल्नेछ ।

मीन(दी.दु.थ.झ.ञ.दे.दो.च.ची)

साताको पहिलो दिन,पराक्रम गर्ने दिन हो । व्यापार ब्यबसायबाट धनलाभ हुनेछ । आफन्त र मित्रजनहरुको साथ र सहयोग प्राप्त हुनेछ । अध्ययन अध्यापनमा नयाँ सफलता प्राप्त हुनेछ । लेखक, अध्यापकको लागि नयाँ बाटो खुल्नेछ । साँझको समयका शिवालय वा देवालयकोे यात्रा गर्दा फलदायी हुनेछ । सूयोदयको दर्शन उत्तम मानिन्छ ।

ज्योतिषी : भरत शर्मा

images
प्रकाशित मिति :मंसिर १९, २०७८ आइतवार - ०८:४३:४५ बजे

इच्छाकामना न्युज

इच्छाकामना ब्रोडकाष्टिङ मिडिया प्रा. लि. द्वारा संचालित डिजिटल अनलाईन पत्रिका इच्छाकामना न्युज डटकम २०७४ साल जेठ देखि संचालनमा रहेको नेपाली भाषाको अनलाईन न्युज पोर्टल हो। ‘अब गाउँको खबर विश्वभर...’ भन्ने अभियानका साथ संचालित इच्छाकामना न्युज अनलाईन चितवनको इच्छाकामना गाउँपालिकाबाट संचालित पहिलो अनलाईन पनि हो। विशेष गरेर चितवनको इच्छाकामना गाउँपालिका सहित आसपासका स्थानीय तहहरु गोरखाको शहिद लखन र गण्डकी, तनहुँको आँबुखैरेनी र देवघाटका साथै धादिङको बेनिघाट रोराङ गाउँपालिकाको स्थानीय सरकारका गतिविधिका साथै विकास निर्माण, सुरक्षा, अपराध, कृषी, पर्यटन, सडक, विज्ञान–प्रविधि, रोजगारी, स्वास्थ्य, शिक्षा, मनोरञ्जन, साहित्य लगायतका सामाजिक–सांस्कृतिक मुद्दाका समाचारहरु हामी प्राथमिकताका साथ प्रकाशन गर्ने गर्छौ।

सम्बन्धित समाचार
images

Copyright © All right reserved to ichchhakamananews Site By: SobizTrend Technology