फिफा क्लब विश्वकप फुटबल प्रतियोगिता आगामी वर्षको फेबु्रवरीमा हुने भएको छ। फिफाले क्लब विश्वकप २०२१ को फेब्रुवरीमा हुने हिजो जानकारी गराएको हो।
कतारमा आयोजना हुने क्लब विश्वकप फेबु्रवरी १ देखि ११ सम्म हुनेछ । यस अघि फिफा विश्वकप डिसेम्बरमा हुँदै आइरहेको थियो। तर, कोरोना भाईरसको कारण यस वर्षको क्लब विश्वकप पछि सरेको हो।
गत वर्ष इंग्लिस क्लब लिभरपुलले उपाधि जितेको थियो। कतारले २०२२ को फिफा विश्वकप फुटबल समेत आयोजना गर्दैछ।