Logo

बिहिवार, श्रावण २८ गते २०८३

images
२०८३, श्रावण २८ गते
TRENDING
images

आज मिति २०७८ मंसिर २४ गते शुक्रबार राशिफल अनुसार यस्तो छ तपाईको शुभदिन

आज मिति २०७८ मंसिर २४ गते शुक्रबार राशिफल अनुसार यस्तो छ तपाईको शुभदिन

इच्छाकामना न्युज

२४, मंसिर २०७८
आज मिति २०७८ मंसिर २४ गते शुक्रबार राशिफल अनुसार यस्तो छ तपाईको शुभदिन

आजको पात्रो  २४ मंसिर, शुक्रबार । १० डिसेम्बर २०२१ । मार्गशीर्ष शुक्ल पक्ष सप्तमी तिथि, शतभिषा नक्षत्र, हर्षण योग,चन्द्रमा कुम्भ राशिमा छ । आज सूर्योदय बिहान ६ः४५ मा हुनेछ भने सूर्यास्त साँझ ५ बजेर ०७ मिनेटमा हुनेछ ।

images

आज दिउँसो १ः१५ देखि २ः३३ सम्म राहुकाल छ । ११ः३६ देखि १२ः१७ सम्म अभिजित महूर्त छ । राहुकाल भएको समयमा कुनै शुभ काम नगर्नुहोला । हरेक दिन सकेसम्म अभिजित मुर्हूत भएको समयमा नैं शुभ कामको सुरुवात गर्नुपर्छ । शुक्रबार विदेश यात्राका लागि शुभ मानिन्छ । आजको देवता भग, र ग्रहदेव सूर्य रहेको छ । आज बिहानको सूर्योदयको दर्शन निकै फलदायी मानिन्छ । शुक्रबारको दिन मनोरन्जनात्मक कामका उत्तम दिन हो ।

मेष (चु.चे.चो.ला.लि.लु.ले.लो.अ) : आजको दिन रोजगारीको क्षेत्रमा नयाँ सफलता प्राप्त हुनेछ । आजको दिन नजिकको शिवालयको यात्रा गर्दा मनमा खुसीयाली छाउने छ । विहानैं देवालयको दर्शन गरेर काम शुरु गर्दा दिनभर गरिने कार्यमा सफलता प्राप्त हुनेछ । यात्रा निकै फलदायी हुनेछ ।

वृष  (इ.उ.ए.ओ.वा.वि.वु.वे.वो) : व्यापारबाट अर्थलाभ हुनेछ । सकारात्मक सोचले मात्र तपाईले आफ्नो दैनिक काम गर्दा मनमा खुसी छाउनसक्छ । तपाईँमाथि अनावश्यक आरोप लाग्नसक्छ । कुनै कुरा बोल्दा विचार गर्नुहोला । परिवारभित्र अनावश्यक विवाद हुनसक्छ ।

मिथुन (क.कि.कु.घ.ङ.छ.के.को.ह) :  आजको दिन परिवार र आफन्तजनले तपाईँमाथि अनेक आरोप लगाउन सक्नेछन् । आज सकारात्मक सोच मात्र राखेर काम गर्नुभयो भने तपाईँको मनमा खुसीयाली छाउने छ । कसैले लगाएको आरोपको विषयमा विवाद नगर्नु नैं वेश हुनेछ । मौन रहनु तपाईको लागि आज निकै फलदायी रहेको छ ।  

कर्कट (हि.हू.हे.हो.डा.डि.डु.डे.डो) : आजको दिन तपाईँको शुभ छ ।  त्यसैले आजको दिन तपाईँको आर्थिक र सामाजिक समस्या समाधान हुनेछ । आजको दिन कर्कट राशिका जातकले कसैसँग विवाद र झगडा नगर्नुहोला । कसैसँग विवाद भयो भने तपाई र तपाइँसग विवाद गर्ने दुवै व्यक्तिको हानी हुनसक्छ ।

सिंह (मा.मि.मु.मे.मो.टा.टि.टु.टे) :  परिवार र मित्रमण्डलीबाट साथ सहयोग प्राप्त हुनेछ । यात्रा गर्नुभन्दा पहिले राहुकाल छलेर मात्र शुभ साइतको समयमा मात्र यात्रा गर्नुहोला । परिवारका सदस्यहरुले तपाईलाई अनावश्यक आरोप समेत लगाउनसक्नेछ । आजको दिन सिंह राशिका जातकले कम बोल्नु, मौन रहनु नैं बुद्धिमानी हुनेछ । अध्यामिक यात्राले तपाईँलाई फाइदा हुनेछ।  

कन्या (टो.प.पी.पू.ष.ण.ठ पे.पो) : आजको दिन आफन्तसँग सम्बन्धमा चिसो पन आउन सक्छ । स्वास्थ्यमा प्रतिकुल असर पर्ने देखिन्छ । अध्ययन अध्यापनबाट सफलता हात  लाग्नेछ । आजको दिन कन्याहरुलाई केही खानेकुरा दिनु उत्तम हुनेछ । कुनै देवीको मन्दिरमा यात्रा गर्दा पनि हुन्छ ।

तुला ( रा.री.रु.रे.रो.ता.ती.तु.ते) : आजको दिन सुरु गरेको काम सफल हुनेछ । कुनै कामको शुरुवात गर्नुभएको छ भने त्यो कामको सम्पादन पूरा गर्नका लागि मेहनतपूर्वक लाग्नुहोला । कुनै काम बीचमा छोडेको छ भने त्यो कामका पुरा नहुँदा मनमा चिन्ता भइरहन्छ । आर्थिक कारोबार गर्दा अलि ध्यान दिनुहोला ।

वृश्चिक (तो.ना.नि.नु.ने.नो.या.यि.यु) : आज कार्यायोजनाअनुसार काम गर्नुभयो भने सफलता मिल्नेछ । शिवालयमा गएर जल अर्पण गर्नुभयो सोचे अनुसार काम बन्नेछ । देवालयको नाम स्मरण मात्रले पनि मनमा शान्ति मिल्नेछ । अध्यात्मिक सेवामा केही समय दिनुभयो भने तपाईको कार्यमा सफलता मिल्नेछ।

धनु (ये.यो.भा.भी.भु.ध.फा.ढ.भे) :  ग्रह बलिया भएका छन् । त्यसैले आजको दिन तपाईले सोचअनुसारको काम हुनेछ । सन्तानबाट सुख र स्त्रीको साथ सहयोगले तपाईँले राम्रो काम गर्नुहुनेछ । यात्रामा सफलता मिल्नेछ । यात्रा गर्दा प्रयोजनमूलक यात्रा मात्र गर्नुहोला । सामुहिक यात्राले तपाईहरुको लागि मनोरञ्जन दिनेछ ।  

मकर (भो.जा.जी.जू.जे.जो.ख.खि.खु.खे.खो.गा.गी) : आजको दिन मानसम्मान मिल्ने छ । चन्द्रमाको साथ छ । विहानको सूर्योदयको दर्शन गरेपछिको दिन त उत्तम हुनेछ । आजको दिन शिवालयको  मन्दिरको दर्शन गर्नाले मनमा प्रसन्नता छाउनेछ । अर्थलाभका कामबाट मानमा हर्ष छाउने छ । व्यापार ब्यबसायबाट सफलता प्राप्त हुनेछ । आजको यात्रा निकै फलदायी हुनेछ ।  

कुम्भ (गु.गे.गो.सा.सी.सु.से.सो.द) : शत्रुमाथि विजय प्राप्ति हुनेछ । ब्यापारबाट प्राप्तबाट धनलाई सामाजिक सेवामा खर्च गर्नुहोला । सामाजिक सेवा गर्दा मानसम्मान मिल्नेछ। आजको दिन देवालयको दर्शन गर्नुभयो भने तपाईको मनमा थप शक्ति मिल्नेछ । आज कसैसँग पनि अनावश्यक विवाद नगर्नुहोला । साँझको समयमा यात्रा नगर्नुहोला ।  

मीन (दी.दु.थ.झ.ञ.दे.दो.च.ची) : बिहान सूर्योदयको दर्शन गरेर मात्र दिनको शुरुवात गर्नुहोला । सकारात्मक सोच र अध्ययन अध्यापनमा मन लाग्नेछ । साँझपख शिवालयमा जाँदा मीन राशिका जातकका लागि अध्यापन, लेखनमा रुचि बढ्नेछ। व्यापार ब्यबसायमा हानी हुनसक्नेछ । आज मौन रहेर नियमित काममा एकचित्त भएर लाग्नु बेस हुनेछ ।

images
प्रकाशित मिति :मंसिर २४, २०७८ शुक्रवार - ०९:४८:५१ बजे

इच्छाकामना न्युज

इच्छाकामना ब्रोडकाष्टिङ मिडिया प्रा. लि. द्वारा संचालित डिजिटल अनलाईन पत्रिका इच्छाकामना न्युज डटकम २०७४ साल जेठ देखि संचालनमा रहेको नेपाली भाषाको अनलाईन न्युज पोर्टल हो। ‘अब गाउँको खबर विश्वभर...’ भन्ने अभियानका साथ संचालित इच्छाकामना न्युज अनलाईन चितवनको इच्छाकामना गाउँपालिकाबाट संचालित पहिलो अनलाईन पनि हो। विशेष गरेर चितवनको इच्छाकामना गाउँपालिका सहित आसपासका स्थानीय तहहरु गोरखाको शहिद लखन र गण्डकी, तनहुँको आँबुखैरेनी र देवघाटका साथै धादिङको बेनिघाट रोराङ गाउँपालिकाको स्थानीय सरकारका गतिविधिका साथै विकास निर्माण, सुरक्षा, अपराध, कृषी, पर्यटन, सडक, विज्ञान–प्रविधि, रोजगारी, स्वास्थ्य, शिक्षा, मनोरञ्जन, साहित्य लगायतका सामाजिक–सांस्कृतिक मुद्दाका समाचारहरु हामी प्राथमिकताका साथ प्रकाशन गर्ने गर्छौ।

सम्बन्धित समाचार
images

Copyright © All right reserved to ichchhakamananews Site By: SobizTrend Technology