Logo

बिहिवार, श्रावण २८ गते २०८३

images
२०८३, श्रावण २८ गते
TRENDING
images

झापाकाे वनमा फलफूल, सगन्धित तेल र रबर खेती

झापाकाे वनमा फलफूल, सगन्धित तेल र रबर खेती

इच्छाकामना न्युज

२४, मंसिर २०७८
झापाकाे वनमा फलफूल, सगन्धित तेल र रबर खेती

झापा, २४ मंसिर । झापाको कमल गाउँपालिका र शिवसताक्षी नगरपालिकाको राजमार्ग उत्तरमा छ, रतुवामाई वृक्षरोपण आयोजना । रतुवा नदी पूर्व र माई नदी पश्चिममा रहेको यो वृक्षरोपण आयोजना २७७२ हेक्टर क्षेत्रफलमा फैलिएको छ । झापामा रहेको यो वृक्षरोपण आयोजना निकै ठूलो आयोजना हो ।  विगतमा मसला, शाललगायत जातका विरुवा वृक्षरोपण गर्दै आएको यो आयोजनाले पछिल्लो समय जंगलमा फलफूल, सुगन्धित तेल र रबर खेती पनि सुरु गरेको छ ।

images

आयोजनाले राष्ट्रपति चुरे-तराई-मधेस संरक्षण विकास समितिको सहयोगमा आयोजनाको स्थायी स्रोतका लागि जंगलमा फलफूल, अगर हुड (सुगन्धित तेल) र रबर खेती सुरू गरेको आयोजना प्रमुख खेमलाल विश्वकर्माले जानकारी दिए । उनका अनुसार १० हेक्टर क्षेत्रफलमा विभिन्न फलफूलका पाँच हजार बिरुवा लगाइएको छ । 

आँप, लिची, कटहर, बडर, कागती, अम्बा लगयतका बिरुवा लगाइएको विश्वकर्माले जानकारी दिए । विरुवाले तीन वर्षभित्रमा फलफूल उत्पादन सुरू गर्ने उनको भनाइ छ । ‘उन्नत जातका बिरुवा लगाइएको छ । यसले तीन वर्षभित्रमा उत्पादन सुरू गर्छ । उत्पादन सुरू भएपछि वृक्षरोपण आयोजनाको कार्यालयलाई यो आम्दानीको स्थायी स्रोत पनि हुन्छ,’ उनले भने, ‘कृषि वनको रूपमा विकास गर्ने योजना पनि सफल हुन्छ ।’ गत वर्ष राष्ट्रपति चुरे-तराई-मधेस संरक्षण विकास समितिले ४२ लाख खर्च गरेर फलफूलको बिरुवा रोपेको उनले बताए । 

यस्तै, वनमा रबर र सुगन्धित तेलको पनि वृक्षरोपण पनि गरिएको छ । गरि चार वर्षअघि राष्ट्रपति चुरे-तराई-मधेस संरक्षण विकास समितिको सहयोगमा करिब पाँच हजार सुगन्धित तले र २८ सय रबर वृक्षरोपण गरिएको आयोजना प्रमुख विश्वकर्माले जानकारी दिए । रबर र सुगन्धित तेलको वृक्षरोपणका लागि चुरेले करिब ३४ लाख खर्च गरेको थियो ।

रबर र अगर हुडले उत्पादन दिन १० वर्ष लाग्ने विश्वकर्माले जानकारी दिए । सुगन्धित तेलको मूल्य अन्तर्राष्ट्रिय बजारमा निकै महँगो छ । यसको उत्पादन पनि निकै झन्झटिलो छ । वृक्षरोपणको सात/आठ वर्षपछि यसमा ‘फङ्गस’ लगाएर उत्पादन योग्य बनाउनुपर्ने आयोजना प्रमुख विश्वकर्माले जानकारी दिए । 
वनमा लगाएका फलफूल, रबर र अगर हुडको रेखदेखका लागि चार जना कर्मचारी खटाइएको छ । उनीहरूले २४ घण्टा नै निगरानी गर्ने गरेको विश्वकर्माले जानकारी दिए ।

images
प्रकाशित मिति :मंसिर २४, २०७८ शुक्रवार - १०:१५:०३ बजे

इच्छाकामना न्युज

इच्छाकामना ब्रोडकाष्टिङ मिडिया प्रा. लि. द्वारा संचालित डिजिटल अनलाईन पत्रिका इच्छाकामना न्युज डटकम २०७४ साल जेठ देखि संचालनमा रहेको नेपाली भाषाको अनलाईन न्युज पोर्टल हो। ‘अब गाउँको खबर विश्वभर...’ भन्ने अभियानका साथ संचालित इच्छाकामना न्युज अनलाईन चितवनको इच्छाकामना गाउँपालिकाबाट संचालित पहिलो अनलाईन पनि हो। विशेष गरेर चितवनको इच्छाकामना गाउँपालिका सहित आसपासका स्थानीय तहहरु गोरखाको शहिद लखन र गण्डकी, तनहुँको आँबुखैरेनी र देवघाटका साथै धादिङको बेनिघाट रोराङ गाउँपालिकाको स्थानीय सरकारका गतिविधिका साथै विकास निर्माण, सुरक्षा, अपराध, कृषी, पर्यटन, सडक, विज्ञान–प्रविधि, रोजगारी, स्वास्थ्य, शिक्षा, मनोरञ्जन, साहित्य लगायतका सामाजिक–सांस्कृतिक मुद्दाका समाचारहरु हामी प्राथमिकताका साथ प्रकाशन गर्ने गर्छौ।

सम्बन्धित समाचार
images

Copyright © All right reserved to ichchhakamananews Site By: SobizTrend Technology