मुग्लिन, ३ मंसिर । मुग्लिन नारायणगढ सडक खण्ड अन्तरगत मुग्लिन नजिकै चेपाङडाडाको मोडमा मोटरसाइकल दुर्घटना भएको छ। उक्त स्थानमा अहिले भर्खरै अन्दाजी ३:४५ बजेतिर ग ७ प २०२३ नं. को मटरसाइकल दुर्घटनामा परेको हो। दुर्घटनामा परेको मोटरसाइकल सडक मै भेटिए पनि त्यसमा सवार व्यक्तिहरु भेटिएको छैन। दुर्घटनास्थल भिर र त्रीशुली नदि संगै भएको कारण भिरबाट तल नदिमा खसेको आशंकामा प्रहरीले दुर्घटनामा परेका व्यक्तिहरुको खोजी कार्य तिब्र पारेको छ। घटनाको बिस्तृत विवरण आउन बाकी रहेको छ।