मुग्लिन, ३ मंसिर । मुग्लिन नारायणगढ सडक खण्ड अन्तरगत मुग्लिन नजिकै चेपाङडाडाको मोडमा भएको मोटरसाइकल दुर्घटनामा परि गम्भीर घाइते भएका एक जनाको उद्वार गरिएको छ। उक्त स्थानमा अघि भर्खरै अन्दाजी ३:४५ बजेतिर भएको ग ७ प २०२३ नं. को मटरसाइकल दुर्घटनामा परि गम्भीर घाइते भएका एक जनाको भिरमा अड्किएको अवस्थामा उद्वार गरिएको हो। उनलाइ स्थानी र इलाका प्रहरी कार्यालय मुग्लिनको प्रहरी टोलीले उद्वार गरि उपचारको लागि भरतपुर पठाइएको छ। घाइतेको पहिचान खुल्न बाकी रहेको प्रहरिले जानकारी दिएको छ।