Logo

बिहिवार, श्रावण २८ गते २०८३

images
२०८३, श्रावण २८ गते
TRENDING
images

संघले पठाएको बजेट स्थानीय तहले कामै नगरि फिर्ता पठाउदै

संघले पठाएको बजेट स्थानीय तहले कामै नगरि फिर्ता पठाउदै

सिआईएन

४, मंसिर २०७७
संघले पठाएको बजेट स्थानीय तहले कामै नगरि फिर्ता पठाउदै

काठमाण्डौ, ४ मंसिर । समयमा विकास निर्माणका काम अघि नबढ्दा बर्षेनी अर्बौ बजेट फ्रिज हुने गरेको छ । संघीयता कार्यान्वयन अघि सरकारको बजेट बढी फ्रिज हुने गरे पनि संघीयता पछि भने स्थानीय सरकारको बजेट बढी फ्रिज हुने गरेको पाइएको छ । स्याङजाको वालिङ नगरापालिकामा गत वर्ष ३ करोड ६५ लाख ४ हजार २ सय ५४ रुपैयाँ बजेट फ्रिज हुन पुग्यो । जसमा नगरपालिकाले बिनियोजन गरेको भन्दा संघीय र प्रदेश सरकारले पठाएको रकम बढी फ्रिज भएको छ । नगरपालिकाका लेखा शाखा प्रमुख इश्वरीप्रसाद तिवारीले सर्तसहित तोकिएके बजेट खर्च गर्न नसदा २ करोड भन्दा बढी फिर्ता गरिएको बताउनुभयो ।
गत आर्थिक वर्ष २०६६÷७७ मा सुर्खेतको बिरेन्द्रनगर नगरपालिकाले ५० भन्दा बढी योजना सम्पन्न गर्न सकेन । यसको प्रमुख कारणका रुपमा कोभिड–१९ रहेको नगरपालिकाले जनाएको छ । नगरपालिकाबाटै सञ्चालित योजना भने समयमा नै सकिएको प्रमुख प्रशासकिय अधिकृत टिकाराम ढकालले दावी गर्नुभयो । दोलखाको भिमेश्वर नगरपालिकाले भने आफुले बजेट फ्रिज नगर्ने गरेको दावी गरेको छ । तर नगरपालिकाबाट गत आर्थिक वर्षमा १ करोड ३६ लाख रुपैयाँ बजेट फ्रिज भएको छ । मुलुकभरका ७ सय ५३ स्थानीय तहमध्ये सबैजसो स्थानीय तहबाट करोडौ रुपैयाँ वर्षेनी फ्रिज हुने गरेको छ । तर हरेक वर्ष स्थानीय तहले कति बजेट फ्रिज गर्छन भन्ने तथ्यांक संघीय सरकारसँग छैन । संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालय भने अवदेखि यस्तो तथ्यांक राख्ने व्यवस्था गर्नका लागि आजमात्रै सबै स्थानीय तहलाई परिपत्र गरिएको जनाएको छ । मन्त्रालयका योजना तथा विकास सहायता समन्व्य महाशाखा प्रमुख बिष्णुदत्त गौतमले अब बजेट कार्यान्वयन व्यवस्थित हुने विश्वास व्यक्त गर्नुभयो ,। महालेखा परिक्षकको ५७ औ प्रतिवेदन अनुसार मुलुकभरका ७६ स्थानीय तहले १ हजार एक सय ८४ आयोजना कार्यान्वयन नगरी चालु आर्थिक वर्षकालाई जिम्मेवारी सारेका छन् । ती योजनामा सम्झौता अनुसार ६४ करोड २७ लाख ४४ हजार भुक्तानी गर्न बाक रहेको छ । समयमै योजना सम्पन्न गर्ने गरी बजेट सुनिश्चित हुनुपर्ने प्रतिवेदनले सुझाव दिएको छ ।

images

images
प्रकाशित मिति :मंसिर ४, २०७७ बिहिवार - ०९:०१:१७ बजे

सिआईएन

सामुदायिक रेडियो प्रसारक संघ (सिआईएन) देशभरका सामुदायिक रेडियोहरुको साझा संस्था हो । इच्छाकामना न्युज डटकमले पनि मनकामना एफ एम ९८.७ मेगाहर्जमा मार्फत सिआईएनसँग समाचारको लागि साझेदारी गर्ने गर्छ ।

सम्बन्धित समाचार
images

Copyright © All right reserved to ichchhakamananews Site By: SobizTrend Technology