Logo

बिहिवार, श्रावण २८ गते २०८३

images
२०८३, श्रावण २८ गते
TRENDING
images

युट्युबमा आयो ‘फुर्वाः द नेचर गाइ’

युट्युबमा आयो ‘फुर्वाः द नेचर गाइ’

युट्युबमा आयो ‘फुर्वाः द नेचर गाइ’

काठमाडौं, ३ पुस । हिमाली भेगको जनजीवनलाई चित्रण गरिएको फिल्म ‘फुर्वाः द नेचर गाइ’ युट्युबमा रिलिज भएको छ । वाई के फिल्मको प्रस्तुतिमा निर्माण भएको फिल्ममा युगल पोमो लिम्बुको कथा र निर्देशन छ ।

images

फिल्ममा सिर्जना सुब्बा, श्याम राई, दिनेश गुरुङ, राम गुरुङ, टेकराज लंघालीलगायतका अभिनय हेर्न सकिन्छ । फिल्म धादिङको रुबी भ्यालीमा छायांकन गरिएको हो । 

राष्ट्रिय तथा अन्तर्राष्ट्रिय फिल्म फेस्टिभलमा सहभागी भएर अवार्डसमेत जितिसकेको यो फिल्ममा दिप्तप्रकाश कश्यपको पटकथा, मिनकुमार विष्टको पाश्र्व संगीत, जानु काम्बाङ लिम्बुको गीत, टेकराज लंघालीको मुख्य सहायक निर्देशन र अमृत मरहठ्ठाको मेकअप रहेको छ । 

फिल्ममा बुद्ध थापाको छायांकन, अनिलकुमार महर्जनको सम्पादन, विक्रम राईको स्वर र संगीत रहेको छ । श्याम इङ्नाम, रेजिना  साँवा र हिम सिंघक निर्माता रहेको फिल्ममा हेमराज अनछङ्बो  र लोकराज आङ्बुहाङ कार्यकारी निर्माता छन् ।

images
प्रकाशित मिति :पौष ३, २०७८ शनिवार - १७:०२:०१ बजे

इच्छाकामना न्युज

इच्छाकामना ब्रोडकाष्टिङ मिडिया प्रा. लि. द्वारा संचालित डिजिटल अनलाईन पत्रिका इच्छाकामना न्युज डटकम २०७४ साल जेठ देखि संचालनमा रहेको नेपाली भाषाको अनलाईन न्युज पोर्टल हो। ‘अब गाउँको खबर विश्वभर...’ भन्ने अभियानका साथ संचालित इच्छाकामना न्युज अनलाईन चितवनको इच्छाकामना गाउँपालिकाबाट संचालित पहिलो अनलाईन पनि हो। विशेष गरेर चितवनको इच्छाकामना गाउँपालिका सहित आसपासका स्थानीय तहहरु गोरखाको शहिद लखन र गण्डकी, तनहुँको आँबुखैरेनी र देवघाटका साथै धादिङको बेनिघाट रोराङ गाउँपालिकाको स्थानीय सरकारका गतिविधिका साथै विकास निर्माण, सुरक्षा, अपराध, कृषी, पर्यटन, सडक, विज्ञान–प्रविधि, रोजगारी, स्वास्थ्य, शिक्षा, मनोरञ्जन, साहित्य लगायतका सामाजिक–सांस्कृतिक मुद्दाका समाचारहरु हामी प्राथमिकताका साथ प्रकाशन गर्ने गर्छौ।

सम्बन्धित समाचार
images

Copyright © All right reserved to ichchhakamananews Site By: SobizTrend Technology