Logo

बिहिवार, श्रावण २८ गते २०८३

images
२०८३, श्रावण २८ गते
TRENDING
images

त्रिभुवन विश्वविद्यालयले स्नातक तहको स्थगित परीक्षा मङसिर २८ गतेदेखि सुरु गर्ने 

त्रिभुवन विश्वविद्यालयले स्नातक तहको स्थगित परीक्षा मङसिर २८ गतेदेखि सुरु गर्ने 

सिआईएन

४, मंसिर २०७७
त्रिभुवन विश्वविद्यालयले स्नातक तहको स्थगित परीक्षा मङसिर २८ गतेदेखि सुरु गर्ने 

काठमाण्डौ, ४ मंसिर । त्रिभुवन विश्वविद्यालयले स्नातक तहको परीक्षा मङसिर असन्तिम साता हुने भएको छ। स्थगित परीक्षा मङसिर २८ गतेदेखि सुरु गर्ने गरी नयाँ तालिका सार्वजनिक भएको हो। 
वार्षिक प्रणाली अन्तर्गत स्नातक तह चौथो वर्षमा अध्ययन गर्ने विद्यार्थीको शैक्षिक सत्र खेर नजाने गरी परीक्षा लिने र नतिजा प्रकाशन गर्ने विश्वविद्यालयको तयारी छ। विश्वविद्यालयले व्यवस्थापन, शिक्षाशास्त्र सङ्काय र विज्ञान अध्ययन संस्थान अन्तर्गत स्नातक तह चौथो वर्षको परीक्षा तालिका सार्वजनिक गरेको हो। 
चैतअघि नै नतिजा निकाल्ने र पास हुने विद्यार्थी स्नातकोत्तर तहमा भर्ना हुन पाउने विश्वविद्यालयले जनाएको छ। विश्वविद्यालयले कोरोना सङ्क्रमित विद्यार्थीको परीक्षा अरु विद्यार्थीको तुलनामा १५ मिनेटपछि सुरु गर्ने र अरु विद्यार्थीको परीक्षा सकिएको १५ मिनेटपछि सक्नेगरी तयारी गरेको छ। 
त्रिभुवन विश्वविद्यालयको स्नातक तहमा एक लाखभन्दा बढी विद्यार्थी अध्ययनरत छन।

images

images
प्रकाशित मिति :मंसिर ४, २०७७ बिहिवार - ०९:०४:०४ बजे

सिआईएन

सामुदायिक रेडियो प्रसारक संघ (सिआईएन) देशभरका सामुदायिक रेडियोहरुको साझा संस्था हो । इच्छाकामना न्युज डटकमले पनि मनकामना एफ एम ९८.७ मेगाहर्जमा मार्फत सिआईएनसँग समाचारको लागि साझेदारी गर्ने गर्छ ।

सम्बन्धित समाचार
images

Copyright © All right reserved to ichchhakamananews Site By: SobizTrend Technology