Logo

बिहिवार, श्रावण २८ गते २०८३

images
२०८३, श्रावण २८ गते
TRENDING
images

सहकारीको नेतृत्वका लागि गठबन्धन दल र एमालेबीच चुनाव

सहकारीको नेतृत्वका लागि गठबन्धन दल र एमालेबीच चुनाव

सहकारीको नेतृत्वका लागि गठबन्धन दल र एमालेबीच चुनाव

सीपी लोहिया, बैतडी, ३ मंसिर । राष्ट्रिय राजनीतिको प्रभाव गाउँ स्तरमा पर्न थालेको घटना नौलो भने होइन । हरेक बेला संघीय तथा प्रदेश सरकारमा राजनीतिक दलहरूले गरेको गठबन्धनको प्रभाव गाउँ स्तरमा सोझै झल्किने गर्दछ । केन्द्रमा पार्टीका प्रमुख नेताले विपक्षी पार्टीका विषयमा जे बोल्छ वा जे सहमति गर्छ सोही कुरा गाउँ स्तरका नेताको व्यवहारमा प्रस्ट देखिने गरेको छ । 

images

बैतडीको दशरथचन्द नगरपालिका- २मा रहेको जनकालिका बचत तथा ऋण सहकारी संस्थामा यसअघिका साधारण सभाले सर्वसम्मत रूपमा नेतृत्व चयन गर्ने गरेकोमा यसपालि भने अध्यक्ष र उपाध्यक्ष पदमा निर्वाचन भएको छ । त्यो पनि कांग्रेस र माओवादी गठबन्धन एकातिर छ भने, अर्कोतिर एमाले उम्मेदवार उभिएका छन् । 

अध्यक्षमा एमाले वडा कमिटी अध्यक्षसमेत रहेका खडक बोहरा र माओवादी केन्द्रका वडा उपाध्यक्ष प्रकाश बोहरा भिडेकाछन् । यसैगरी उपाध्यक्षमा एमालेका वडा कमिटी सदस्य वीरबहादुर बोहरा भिडेकाछन् भने, गठबन्धनका तर्फबाट कांग्रेस वडा कार्यसमिति सदस्य वीरबहादुर बोहरा(सोवेदार) मैदानमा छन् । 

अध्यक्ष र उपाध्यक्षमा आज मतदान भएको छ । ७ सय ७५ सेयर सदस्य रहेको सहकारी संस्थामा आज ५ सय ५२ जनाले मतदान गरेको युवा संघका केन्द्रीय सदस्य सूर्य बोहराले बताए । 

आज भएको मतदानको अन्तिम मत परिणाम राति साढे ८ बजे सार्वजनिक भएको छ । अध्यक्षमा २ सय ९८ मत प्राप्त गरी एमालेका खडक बोहरा विजयी भएकाछन् भने, उनका निकटतम प्रतिद्वन्द्वी प्रकाश बोहराले २ सय ४१ मत प्राप्त गरेकाछन् । यसैगरी उपाध्यक्षमा पनि एमाले उम्मेदवार नै विजयी भएकाछन् । एमालेका वीरबहादुर बोहराले २ सय ६१ मत प्राप्त गरी उपाध्यक्षमा विजयी हुँदा उनका निकटतम प्रतिद्वन्द्वी वीरबहादुर बोहरा (सोवेदार)ले २ सय ५४ मत पाएकाछन् । 

सहकारी संस्थाका अन्य पदाधिकारी भने, सर्व सम्मतिबाट चयन भएका छन् । जस अनुसार सचिवमा अर्जुनराम लावड, कोषाध्यक्षमा प्रेमसिंह बोहरा र सहसचिवमा पुष्पा बोहरा सर्वसम्मत चयन भएकाछन् । 

images
प्रकाशित मिति :पौष ३, २०७८ शनिवार - २१:५२:१० बजे

इच्छाकामना न्युज

इच्छाकामना ब्रोडकाष्टिङ मिडिया प्रा. लि. द्वारा संचालित डिजिटल अनलाईन पत्रिका इच्छाकामना न्युज डटकम २०७४ साल जेठ देखि संचालनमा रहेको नेपाली भाषाको अनलाईन न्युज पोर्टल हो। ‘अब गाउँको खबर विश्वभर...’ भन्ने अभियानका साथ संचालित इच्छाकामना न्युज अनलाईन चितवनको इच्छाकामना गाउँपालिकाबाट संचालित पहिलो अनलाईन पनि हो। विशेष गरेर चितवनको इच्छाकामना गाउँपालिका सहित आसपासका स्थानीय तहहरु गोरखाको शहिद लखन र गण्डकी, तनहुँको आँबुखैरेनी र देवघाटका साथै धादिङको बेनिघाट रोराङ गाउँपालिकाको स्थानीय सरकारका गतिविधिका साथै विकास निर्माण, सुरक्षा, अपराध, कृषी, पर्यटन, सडक, विज्ञान–प्रविधि, रोजगारी, स्वास्थ्य, शिक्षा, मनोरञ्जन, साहित्य लगायतका सामाजिक–सांस्कृतिक मुद्दाका समाचारहरु हामी प्राथमिकताका साथ प्रकाशन गर्ने गर्छौ।

सम्बन्धित समाचार
images

Copyright © All right reserved to ichchhakamananews Site By: SobizTrend Technology