Logo

बिहिवार, श्रावण २८ गते २०८३

images
२०८३, श्रावण २८ गते
TRENDING
images

बेलायतमा नेपाली एथलेटिक्सकाे दाैड

बेलायतमा नेपाली एथलेटिक्सकाे दाैड

बेलायतमा नेपाली एथलेटिक्सकाे दाैड

शारीरिक तन्दुरुस्ती तथा दौडलाई प्रोत्साहन गर्ने उद्देश्यले बेलायतमा दौड प्रतियोगिता हुने भएको छ । 

images

नेपाल बाहिर दर्ता भएको नेपाली एथलेटिक्स क्लब 'नेपाल रन' को संयोजन तथा पोखरा अन्तर्राष्ट्रिय म्याराथनलाई प्रवर्द्धन गर्दै आएको पोखरेली मञ्चको आयोजनामा नेपाली नयाँ वर्ष २०७९ (१६ एप्रिल २०२२) का अवसरमा दाैड हुन लागेको हो  ।

बेलायत लगायत विश्वभर दौडलाई खेलकुदको माध्यमको रूपमा मात्र नभएर शारीरिक तन्दुरुस्ती र समाजसेवाको माध्यमको रूपमा हेर्ने गरिएको छ।  प्रविधिसँग़ै बढ़दो निस्क्रिय जीवन शैलीलाई शारीरिक तन्दुरुस्तीका माध्यमबाट समुदायलाई स्वस्थ राख्ने उद्देश्यले दौड संस्कृति प्रवर्द्धनमा लागेको र यस कार्यक्रमबाट समुदायमा  शारीरिक तन्दुरुस्तीबारे  चेतना फैलाउने उद्देश्य रहेको नेपाल रन क्लबका संयोजक  एवं धरान रन तथा नेवा च्यारिटीका  संस्थापक संतोस राईले बताए ।

कार्यक्रम मार्फत जुटेको सहयोग राशीले पोखरा र धरानमा हरेक वर्ष आयोजना हुने पोखरा अन्तर्राष्ट्रिय म्याराथन र धरान रनलाई सहयोग गरिने पोखरेली मञ्च युकेका अध्यक्ष मनप्रसाद गुरुङले बताए । 

बेजिङ्स्टकमा आयोजना हुने उक्त कार्यक्रममा  स्थानीय बेजिङ्गस्टक नेपाली समाजका अध्यक्ष ओम गुरुङ  र बेजिङ्गस्टक तमु समाजका संयाेजक दुर्गा गुरुङले स्थानीय समुदायले भरपुर सहयोग गर्ने जानकारी दिए ।

आगामी अप्रिलमा हुने उक्त कार्यक्रममा पोखरेली मञ्चले गैरआवासिय नेपाली संघकी निवर्तमान अध्यक्ष पुनम गुरुङलाई संयोजक तोकेको छ भने मिस नेपाल युके टेनिसा रानालाई कार्यक्रमको सहसंयोजकको जिम्मेवारी दिएको छ । कार्यक्रमको प्राविधिक पक्षको संयोजन नेपाल रनले गर्ने बताइएको छ  ।

कार्यक्रमले नेपाली समुदायको गरिमा बढाउने, देशको बहुआयामिक क्षेत्रको प्रवर्द्धन गर्ने, समाज सेवा लगायत नयाँ  पुस्तालाई पनि सकारात्मक सन्देश दिने साथै बहुआयामिक रुपमा उपयोगी हुने भएकोले बेलायतस्थित  नेपाली समुदाय, नेपाललाई माया गर्ने बेलायती समुदाय, बेलायतस्थित संघसंस्थालाई सहभागिता र सहयोगको अपेक्षा राखिएको संयोजक पुनम गुरुङले जानकारी दिइन् । 

images
प्रकाशित मिति :पौष ६, २०७८ मंगलवार - ०८:४६:२८ बजे

इच्छाकामना न्युज

इच्छाकामना ब्रोडकाष्टिङ मिडिया प्रा. लि. द्वारा संचालित डिजिटल अनलाईन पत्रिका इच्छाकामना न्युज डटकम २०७४ साल जेठ देखि संचालनमा रहेको नेपाली भाषाको अनलाईन न्युज पोर्टल हो। ‘अब गाउँको खबर विश्वभर...’ भन्ने अभियानका साथ संचालित इच्छाकामना न्युज अनलाईन चितवनको इच्छाकामना गाउँपालिकाबाट संचालित पहिलो अनलाईन पनि हो। विशेष गरेर चितवनको इच्छाकामना गाउँपालिका सहित आसपासका स्थानीय तहहरु गोरखाको शहिद लखन र गण्डकी, तनहुँको आँबुखैरेनी र देवघाटका साथै धादिङको बेनिघाट रोराङ गाउँपालिकाको स्थानीय सरकारका गतिविधिका साथै विकास निर्माण, सुरक्षा, अपराध, कृषी, पर्यटन, सडक, विज्ञान–प्रविधि, रोजगारी, स्वास्थ्य, शिक्षा, मनोरञ्जन, साहित्य लगायतका सामाजिक–सांस्कृतिक मुद्दाका समाचारहरु हामी प्राथमिकताका साथ प्रकाशन गर्ने गर्छौ।

सम्बन्धित समाचार
images

Copyright © All right reserved to ichchhakamananews Site By: SobizTrend Technology