Logo

मंगलवार, आश्विन १३ गते २०८३

images
२०८३, आश्विन १३ गते
images
images

दिक्तेल नगरपालिकाले १ हजार किसानलाई कर्जा उपलब्ध गराउने

दिक्तेल नगरपालिकाले १ हजार किसानलाई कर्जा उपलब्ध गराउने

इच्छाकामना न्युज

१५, पौष २०७८
दिक्तेल नगरपालिकाले १ हजार किसानलाई कर्जा उपलब्ध गराउने
images

खोटाङ, १५ पुस । किसानलाई सहुलियतपूर्ण कर्जा उपलव्ध गराउन खोटाङको दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका, ग्लोबल आइएमई बैंक र आरए ण्ड डि इनोभेटिभ सोलुसनबीच कर्जा सहजीकरणसम्बन्धी समझदारी भएकाे छ ।

images
images

व्यवसायिक कृषिमार्फत आत्मनिर्भर किसान बनाउन इनोभेटिभका प्रमुख कार्यकारी अधिकृत सुनिता न्हेमाफुकी, बैंकका प्रमुख कार्यकारी अधिकृत रत्नराज बज्राचार्य र नगरपालिकाका उपमेयर विणादेवी राईले त्रिपक्षीय समझदारीपत्रमा हस्ताक्षर गरेका हुन् । 

 कृषि व्यवसाय तथा उद्यम गर्नका लागि आवश्यक वित्तिय, प्राविधिक, बजार व्यवस्थापन तथा समन्वय गरी साना स्तरका किसानलाई व्यवसायिक कृषिमा व्यवस्थित गर्ने उद्देश्यले सहुलियतपूर्ण कर्जासम्बन्धी सहकार्य गर्न समझदारी भएकाे नगरपालिकाले जनाएको छ ।

चालु आर्थिक वर्ष दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाभित्रका करिब एक हजार किसानलाई साना कृषि कर्जा प्रवाह गर्ने लक्ष्य राखिएकाे छ । बैंकले ५ वर्षका लागि प्रतिकृषक बढीमा २ लाख कर्जा स्वीकृत गरी लगानी गर्ने उपमेयर राईले बताइन् । 

किसानलाई प्राप्त कर्जा तथा अन्य स्राेतसाधनको सदुपयोग तथा दक्षता अभिवृद्धिसँग सम्बन्धित विषयमा निःशुल्क तालिम पनि दिइने भएकाे छ ।

images
प्रकाशित मिति :पौष १५, २०७८ बिहिवार - १०:२६:०६ बजे

इच्छाकामना न्युज

इच्छाकामना ब्रोडकाष्टिङ मिडिया प्रा. लि. द्वारा संचालित डिजिटल अनलाईन पत्रिका इच्छाकामना न्युज डटकम २०७४ साल जेठ देखि संचालनमा रहेको नेपाली भाषाको अनलाईन न्युज पोर्टल हो। ‘अब गाउँको खबर विश्वभर...’ भन्ने अभियानका साथ संचालित इच्छाकामना न्युज अनलाईन चितवनको इच्छाकामना गाउँपालिकाबाट संचालित पहिलो अनलाईन पनि हो। विशेष गरेर चितवनको इच्छाकामना गाउँपालिका सहित आसपासका स्थानीय तहहरु गोरखाको शहिद लखन र गण्डकी, तनहुँको आँबुखैरेनी र देवघाटका साथै धादिङको बेनिघाट रोराङ गाउँपालिकाको स्थानीय सरकारका गतिविधिका साथै विकास निर्माण, सुरक्षा, अपराध, कृषी, पर्यटन, सडक, विज्ञान–प्रविधि, रोजगारी, स्वास्थ्य, शिक्षा, मनोरञ्जन, साहित्य लगायतका सामाजिक–सांस्कृतिक मुद्दाका समाचारहरु हामी प्राथमिकताका साथ प्रकाशन गर्ने गर्छौ।

images

Copyright © All right reserved to ichchhakamananews Site By: SobizTrend Technology