Logo

बिहिवार, श्रावण २८ गते २०८३

images
२०८३, श्रावण २८ गते
TRENDING
images

गोरखा अजिरकोटकी सानमायाले हाते तानबाट बुनेको कपडा युरोप, अमेरिका पुग्यो

गोरखा अजिरकोटकी सानमायाले हाते तानबाट बुनेको कपडा युरोप, अमेरिका पुग्यो

इच्छाकामना न्युज

४, मंसिर २०७७
गोरखा अजिरकोटकी सानमायाले हाते तानबाट बुनेको कपडा युरोप, अमेरिका पुग्यो

प्रकाश सिग्देल । गोरखा, ४ मंसिर । गोरखा अजिरकोट गाउँपालिका मुच्चोक बजारकी ५० वर्षीय सानमाया गुरुङ्गले भेडाको उनबाट हाते मेसिनमा तान बनाएर राडी खप्पु र बख्खु बुनेर राम्रो आय आर्जन गरेकी छिन् । आर्थिक रुपमा सम्पन्न परिवारमा हुर्किएकी गुरुङ्गले आयआर्जनका लागिभन्दा पनि रहरै रहरले सिकेको यो सीपको महत्व बुढेसकालमा बल्ल बुझेको बताइन् । 

images

आफ्नी हजुरआमाबाट सिकेको यो सीपले अहिले बढेसकालमा आफूलाई व्यस्त बनाएको र आफ्नो उत्पादन युरोप–अमेरिकासम्म पुगेको उनको भनाइ छ ।

उनले सानो परम्परागत काठे प्रविधिबाट हातैले राडी, खप्पु र बख्खु बुन्ने गरेकी छिन् । लेकबाट प्रतिकेजी ४०० रुपैयाँका दरले भेडाको उन ल्याएर त्यसलाई केलाउने, धुने र माड्ने काम गरी हातैले राडी खप्पु र बख्खु बुन्ने गरेको उनले बताइन् ।

un-sanmayagurung_20201119175946.png

उनले राडीलाई २० हजार, बख्खुलाई १२ हजार र खप्पुलाई ७ हजारमा बिक्री गर्ने गरेको बताइन् । उनका अनुसार ३ धार्नी अर्थात करिव ८ केजी उनको १ वटा राडी बन्ने छ भने ४ केजी  उनको १ बख्खु बन्ने गरेको छ । आफूले बुनेको चिजको माग निकै भएको र मागअनुसार उत्पादन गर्न नसकेको उनले बताइन् । विदेशीहरुले बढी माग गर्ने गरेको र थोरैमात्र  नेपालीहरुले किनेर लाने गरेको उनी बताउँछिन् । 

आफूले घरधन्दा सकेर पसल बस्दा फुर्सदको समयको सदुपयोग गरी उनले राडी, खप्पु र बख्खु बुन्ने गर्छिन् । आर्थिक उपार्जनका हिसावले धेरै लाभकारी यो सीप अहिलेका मान्छेहरुले सिक्नै नखोज्ने गरेको उनको भनाइ छ । 

पुरानो पुस्ता सकिएपछि यो सीप नै लोप हुँदै जान सक्ने चिन्ता उनले व्यक्त गरिन् । सिक्न चाहने मान्छेले एक हप्तामै काम सिक्न सक्ने उनी बताउँछिन् । उनको उत्पादन लगाउँदा ढाड नदुख्ने निकै तातो हुने उनले बताइन् । उनको उत्पादन २० वर्ष खप्ने उनको दाबी छ । फोहोर भएमा साबुन नलगाइ नै पनीमा धुन मिल्ने उनको भनाइ छ ।

 

images
प्रकाशित मिति :मंसिर ४, २०७७ बिहिवार - २१:१०:३७ बजे

इच्छाकामना न्युज

इच्छाकामना ब्रोडकाष्टिङ मिडिया प्रा. लि. द्वारा संचालित डिजिटल अनलाईन पत्रिका इच्छाकामना न्युज डटकम २०७४ साल जेठ देखि संचालनमा रहेको नेपाली भाषाको अनलाईन न्युज पोर्टल हो। ‘अब गाउँको खबर विश्वभर...’ भन्ने अभियानका साथ संचालित इच्छाकामना न्युज अनलाईन चितवनको इच्छाकामना गाउँपालिकाबाट संचालित पहिलो अनलाईन पनि हो। विशेष गरेर चितवनको इच्छाकामना गाउँपालिका सहित आसपासका स्थानीय तहहरु गोरखाको शहिद लखन र गण्डकी, तनहुँको आँबुखैरेनी र देवघाटका साथै धादिङको बेनिघाट रोराङ गाउँपालिकाको स्थानीय सरकारका गतिविधिका साथै विकास निर्माण, सुरक्षा, अपराध, कृषी, पर्यटन, सडक, विज्ञान–प्रविधि, रोजगारी, स्वास्थ्य, शिक्षा, मनोरञ्जन, साहित्य लगायतका सामाजिक–सांस्कृतिक मुद्दाका समाचारहरु हामी प्राथमिकताका साथ प्रकाशन गर्ने गर्छौ।

सम्बन्धित समाचार
images

Copyright © All right reserved to ichchhakamananews Site By: SobizTrend Technology