Logo

बिहिवार, श्रावण २८ गते २०८३

images
२०८३, श्रावण २८ गते
TRENDING
images

कास्कीको संगम बचत तथा ऋण सहकारी जिल्लामा उत्कृष्ट

कास्कीको संगम बचत तथा ऋण सहकारी जिल्लामा उत्कृष्ट

इच्छाकामना न्युज

२५, पौष २०७८
कास्कीको संगम बचत तथा ऋण सहकारी जिल्लामा उत्कृष्ट

पोखरा, २५ पौष । संगम बचत तथा ऋण सहकारी संस्था लिमिटेड कास्की जिल्लाभरमै उत्कृष्ट सहकारी भएको छ । कास्कीमा भएका ३०० भन्दा बढी बचत तथा ऋण सहकारी मध्ये बाट यस वर्ष संगम सहकारी उत्कृष्ट भइ बखान सहकारी अवार्ड बाट सम्मानित भएको हो ।

images

कास्की बचत तथा ऋण सहकारी संघको २१औं बार्षिक साधारणसभाका प्रमुख अतिथि युवा तथा साना स्वरोजगार कोषका कार्याकारी निर्देशक बिश्वमोहन अधिकारीले उत्कृष्ट भएकोमा बधाई दिदै संगम सहकारीका सचिव धनराज पुरीलाई उक्त बखान सहकारी अवार्ड हस्तान्तरण गरे । यस अघि पनि संगम सहकारी कास्की बचत तथा ऋण सहकारी संघ बाटै कास्की जिल्लाको उत्कृष्ट ब्यवस्थापक अवार्ड, नेफ्स्कुनबाट कास्की जिल्लाको उत्कृष्ट सदस्य संस्थाको सम्मान, राष्ट्रिय सहकारी बैंकद्वारा उत्कृष्ट कारोबारी संस्थाको सम्मान लगायतका पुरस्कार बाट सम्मानित भइसकेको छ ।

नेफ्स्कुनको सहकारी स्तरिकरण गर्ने प्रोबेसन कार्यक्रममा बिगत ४ वर्ष देखि सहभागी हुँदै आएको संगम सहकारी नीति, बिधि र प्रबिधिमा चलेको सहकारी हो । सुगम सहकारी सँगको मर्ज पछि पालिखे चोक, महेन्द्रपुल बाट समेत सेवा दिदै आएको यस संस्थाको प्रधान कार्यालय राम बजार , पोखरा १५ मा रहेको छ ।

कुल ६१ करोडको वासलात रहेको सहकारीको कर्जा लगानी ४५ करोड छ भने सहकारीले गत आर्थिक वर्षमा जग्गा समेत खरिद गरेको छ । सामाजिक उत्तरदायित्व अन्तर्गत सामुदायिक स्कुलको खाजा अभियानमा सहयोग, राष्ट्रिय आविष्कार केन्द्रको पिपिइ उत्पादन कार्यमा सहयोग, बृद्दाश्रममा सहयोग लगायत विभिन्न कार्यहरु गर्दै आइरहेको सहकारीले सदस्यहरुलाई स्वरोजगारतर्फ उन्मुख गराउने उदेश्यका साथ सेनिटरी प्याड बनाउने, चुरापोते बनाउने, फेब्रीकको माला बनाउने जस्ता सिपमुलक तालिम पनि दिदै आएको छ ।

images
प्रकाशित मिति :पौष २५, २०७८ आइतवार - २१:५०:४६ बजे

इच्छाकामना न्युज

इच्छाकामना ब्रोडकाष्टिङ मिडिया प्रा. लि. द्वारा संचालित डिजिटल अनलाईन पत्रिका इच्छाकामना न्युज डटकम २०७४ साल जेठ देखि संचालनमा रहेको नेपाली भाषाको अनलाईन न्युज पोर्टल हो। ‘अब गाउँको खबर विश्वभर...’ भन्ने अभियानका साथ संचालित इच्छाकामना न्युज अनलाईन चितवनको इच्छाकामना गाउँपालिकाबाट संचालित पहिलो अनलाईन पनि हो। विशेष गरेर चितवनको इच्छाकामना गाउँपालिका सहित आसपासका स्थानीय तहहरु गोरखाको शहिद लखन र गण्डकी, तनहुँको आँबुखैरेनी र देवघाटका साथै धादिङको बेनिघाट रोराङ गाउँपालिकाको स्थानीय सरकारका गतिविधिका साथै विकास निर्माण, सुरक्षा, अपराध, कृषी, पर्यटन, सडक, विज्ञान–प्रविधि, रोजगारी, स्वास्थ्य, शिक्षा, मनोरञ्जन, साहित्य लगायतका सामाजिक–सांस्कृतिक मुद्दाका समाचारहरु हामी प्राथमिकताका साथ प्रकाशन गर्ने गर्छौ।

सम्बन्धित समाचार
images

Copyright © All right reserved to ichchhakamananews Site By: SobizTrend Technology