Logo

बिहिवार, श्रावण २८ गते २०८३

images
२०८३, श्रावण २८ गते
TRENDING
images

चितवनमा  विप्लव माओवादीले भोलि पार्टी पुर्नगठन दिवस मनाउने

चितवनमा  विप्लव माओवादीले भोलि पार्टी पुर्नगठन दिवस मनाउने

इच्छाकामना न्युज

७, मंसिर २०७७
चितवनमा  विप्लव माओवादीले भोलि पार्टी पुर्नगठन दिवस मनाउने

चितवन, ७ मंसिर
चितवनमा  विप्लव माओवादीको गतिविधि बढ्न थालेको छ।
विप्लव नेतृत्वको नेपाल कम्युनिस्ट पार्टी चितवनले पार्टीको केन्द्रीय कार्यक्रम अनुसार पार्टी पुनर्गठन दिवसको अवसरमा जिल्लाभर प्रचारप्रसार र सभाको कार्यक्रम तय गरेको छ ।

images

भोलि मंसिर ८ गते विप्लव माओवादी पुर्नगठन भएको सातौं वर्षगाँठको अवसरमा चितवन जिल्लाभर प्रचारप्रसार, प्रदर्शन र कोणसभाको कार्यक्रम तय गरेको हो । उनीहरुले शनिबार चितवनका विभिन्न ठाउँमा व्यानर तथा पोष्टर टाँसेर आज भरतपुर, रत्ननगर, कालिका, इच्छाकामना र राप्ती नगरपालिकाका विभिन्न ठाउँमा प्रदर्शन गरेको चितवन विप्लव माओवादी जिल्ला कमिटीले जनाएको छ ।

पुनर्गठन दिवसलाई उत्सवको रुपमा मनाउने योजना अनुसार नेपाल कम्युनिस्ट पार्टी चितवनले पुनर्गठन दिवसको तयारी गरेको नेपाल कम्युनिस्ट पार्टी चितवनका जिल्ला सदस्य सागरले जानकारी दिएका छन् । पुर्नगठन दिवसलाई व्यवस्थित बनाउन जिल्लामा तीन सेक्सन जनसेना परिचालन गरिएको पनि पार्टी निकट स्रोतले दाबी गरेको छ ।

images
प्रकाशित मिति :मंसिर ७, २०७७ आइतवार - १६:३६:३८ बजे

इच्छाकामना न्युज

इच्छाकामना ब्रोडकाष्टिङ मिडिया प्रा. लि. द्वारा संचालित डिजिटल अनलाईन पत्रिका इच्छाकामना न्युज डटकम २०७४ साल जेठ देखि संचालनमा रहेको नेपाली भाषाको अनलाईन न्युज पोर्टल हो। ‘अब गाउँको खबर विश्वभर...’ भन्ने अभियानका साथ संचालित इच्छाकामना न्युज अनलाईन चितवनको इच्छाकामना गाउँपालिकाबाट संचालित पहिलो अनलाईन पनि हो। विशेष गरेर चितवनको इच्छाकामना गाउँपालिका सहित आसपासका स्थानीय तहहरु गोरखाको शहिद लखन र गण्डकी, तनहुँको आँबुखैरेनी र देवघाटका साथै धादिङको बेनिघाट रोराङ गाउँपालिकाको स्थानीय सरकारका गतिविधिका साथै विकास निर्माण, सुरक्षा, अपराध, कृषी, पर्यटन, सडक, विज्ञान–प्रविधि, रोजगारी, स्वास्थ्य, शिक्षा, मनोरञ्जन, साहित्य लगायतका सामाजिक–सांस्कृतिक मुद्दाका समाचारहरु हामी प्राथमिकताका साथ प्रकाशन गर्ने गर्छौ।

सम्बन्धित समाचार
images

Copyright © All right reserved to ichchhakamananews Site By: SobizTrend Technology