काठमाण्डाै - नेपाल क्रिकेट सङ्घ क्यानले महिला तथा पुरुष क्रिकेट खेलाडीको वर्गीकरण परिमार्जन गर्ने निर्णय गरेको छ ।
क्यानले वर्गीकरण निर्धारण समितीलाई दुवै टिमका कप्तानसँग छलफल गरेर सुझावसहितको नयाँ वर्गीकरण प्रतिवेदन बोर्डमा पेस गर्न अनुरोध गरेको अध्यक्ष चतुरबहादुर चन्दले विज्ञप्ति निकालेर जानकारी दिनुभएको हो ।