Logo

बिहिवार, श्रावण २८ गते २०८३

images
२०८३, श्रावण २८ गते
TRENDING
images

व्यावसायीक काक्रो खेतीबाटै बर्षेनी लाखौ कमाउदै आँबुखैरेनी आमडाडाँबेसीका कुमार गुरुङ

व्यावसायीक काक्रो खेतीबाटै बर्षेनी लाखौ कमाउदै आँबुखैरेनी आमडाडाँबेसीका कुमार गुरुङ

व्यावसायीक काक्रो खेतीबाटै बर्षेनी लाखौ कमाउदै आँबुखैरेनी आमडाडाँबेसीका कुमार गुरुङ

आँबुखैरेनी, १५ माघ । परिश्रम गर्न सके गाउँकै माटोमा सुन फलाउन सकिन्छ भन्ने नेपाली उखानलाई चरितार्थ गरेका छन् तनहुँ आँबुखैरेनी गाउँपालिका ४ आमडाडाँबेसीका कृषक कुमार गुरुङले । उनले गाउँमै सिजनको बेलामा व्यावसायीक रुपमा काक्रो खेती गरेर वर्षेनी लाखौ रुपैयाँ कमाउदै आएका छन् । 

images

5.jpg

न पर्याप्त सिंचाई छ, न आवश्यक आधुनिक प्रविधी र ज्ञान, न सहज बजारको पहुँच तै पनि उनको इच्छाशक्ति र मेहनतले काक्रो खेतीबाटै राम्रै आम्दानी गर्न सफल भएका छन् । वर्षेनी उत्पादन बढाउदै लगेका उनले गत वर्षमात्रै काक्रोबाट ५ लाख रुपैयाँ भन्दा बढि आम्दानी गरे। ‘सबै गरेर ५ लाख जति कमाईयो होला’ –उनले भने।

गत वर्ष ५ रोपनी क्षेत्रफलको जग्गामा मात्र लगाईएको काक्रो खेती यसवर्ष उनले बढाएर ११ रोपनीमा लगाएका छन् । यो वर्ष सबै सोचेजस्तो भयो र भाउ राम्रो पायो भने १० लाख भन्दा बढि कमाइने कुषक गुरुङले बताए । 

3.jpg

करिब ४ वर्ष अघि उनले गाउँमा काक्रोको व्यावसायीक खेती सुरु गर्दा होला र ? भन्नेहरु धेरै थिए । तर आज उनकै सिको गर्दै काक्रो खेती गर्नेहरु बढेका छन् । अहिले उनको गाउँका डेढ दर्जन कृषकहरुले व्यावसायिक काक्रो खेती थालेका छन् । यसले आफुलाई खुशी लागेको उनले बताए ।

2.jpg

कुराकानीको क्रममा व्यावसायिक काक्रो खेती गर्दै गर्दा सरकारी निकायबाट भने कुनै सहयोग नपाईएको पनि उनले बताए । ‘किसानलाई सरकारले अनुदान दिन्छ भनेको त सुनेको हो खै काँ पाउछ मलाई चाही थाहा भएन’ –उनले भने ।

1.jpg

यस्तै उत्पादन बढाउन सकिए पनि यातायातको असहजताको कारण उत्पादित सामाग्री बेलैमा बजारसम्म पु¥याउन कठिन भएको उनले बताए । उनको गाउँमा मोटरबाटो आईपुगेको छैन । 

यसकारण उत्पादित काक्रो उनले भरिया लगाएर डोकोमा बोकीआधा घण्टाभन्दा बढि हिडेर झोलुङ्गे पुल भएको ठाउँमा पु¥याई त्यहाँबाट त्रिशुली नदि माथिको झोलुङ्गे पुल तरि चितवनतर्फ मुग्लिन–नारायणगढ सडकखण्डको पाँचकिलो पु¥याउनुपर्छ । त्यसपछि इच्छाकामना गाउँपालिकाको मुख्य तरकारी बजार फिस्लिङ्ग पु¥याएर बेच्नुपर्छ यसकारण उनले उत्पादन गरेको काक्रोको बारीबाट बजारमा पु¥याउदाँ ढुवानी लागत बढि तिर्नुपरेको गुनासो गरे । 

स्थानीय सरकारले बजारीकरणमा सहज गरिदिए अझ राम्रो आम्दानी गर्न सकिने उनले बताए ।

images
प्रकाशित मिति :माघ १५, २०७८ शनिवार - १९:१९:५४ बजे

चित्र बहादुर गुरुङ

पत्रकार चित्र बहादुर गुरुङ इच्छाकामना न्युजका कार्यकारी सम्पादक हुन् भने मनकामना एफ. एम. ९८.७ मेगाहर्जको स्टेशन म्यानेजर र आँबुखैरेनी सन्देश साप्ताहिक पत्रिकाका कार्यकारी सम्पादक समेत हुन्।

सम्बन्धित समाचार
images

Copyright © All right reserved to ichchhakamananews Site By: SobizTrend Technology