Logo

बिहिवार, श्रावण २८ गते २०८३

images
२०८३, श्रावण २८ गते
TRENDING
images

लमजुङमा यसवर्ष ८५ प्रतिशतले अलैंँची उत्पादन घट्यो 

लमजुङमा यसवर्ष ८५ प्रतिशतले अलैंँची उत्पादन घट्यो 

सिआईएन

१८, माघ २०७८
लमजुङमा यसवर्ष ८५ प्रतिशतले अलैंँची उत्पादन घट्यो 

शान्ता कमली, लमजुङ, १८ माघ । लमजुङमा यसवर्ष ८५ प्रतिशतले अलैंँची उत्पादन घट्दा किसान चिन्तित भएका छन् । जिल्लामा गतवर्ष ४ सय मेट्रिक टन अलैँची उत्पादन भएकोमा यसवर्ष ३५ मेट्रिक टनमा झरेको छ । 

images

गतवर्ष लमजुङका अलैंची किसानले ४ सय मेट्रीक्टन अलैंची दाना विक्रीबाट १८ करोड २० लाख आम्दानी गरेका थिए । तर यसवर्ष उत्पादन घटेपछि आम्दानी खस्किएर ३ करोड ५० लाखमा सिमित भएको अलैंची व्यवसायी महासंघ गण्डकी प्रदेश अध्यक्ष अजय तामाङले बताउनुभयो । जलवायु परिवर्तन, सिंचाइको कमी र रोग प्रकोपका कारण यसवर्ष अलैची उत्पादनमा भारी गिरावट आएको हो । 

लमजुङमा १ हजार ५ सय हेक्टर क्षेत्रफलमा अलैँची खेती विस्तार गरिए पनि खडेरी र रोग प्रकोपका कारण ६ सय ५० हेक्टर क्षेत्रफलमा मात्र अलैँची उत्पादन भएको छ । दशक अघि प्रतिकिलो २२ सयसम्म पुगेको अलैंचीको मुल्य घटेर हाल १ हजार १ सय ५० मा विक्री भएको छ । जिल्लामा १५ हजार भन्दा बढी किसानले व्यवसायीक अलैंची खेती गर्दै आएका छन् । 

अलैंँचीका लागि उर्वर क्षेत्र मानिएको जिल्लाका उच्च पहाडी क्षेत्रमा उत्पादनमा कमी आएपछि किसान चिन्तित बनेका छन् । जिल्लाको भूलभूले, बाँझाखेत, घनपोखरा, खुदी, गौँडा, इलमपोखरी, दूधपोखरी, बन्सार, ढोडेनी, फलेनी, ताघ्रिङ, कोल्की, पसगाउँ लगायतका क्षेत्रमा व्यावसायिक अलँैचीखेती गरिँदै आएको छ । 

जिल्लाका अलैँची उत्पादन हुने क्षेत्रलाई समेटेर अलैँची जोन कार्यक्षेत्र बनाएर विशेष कार्यक्रम शुरु गरिएको छ । जिल्लामा साउने, डम्बरसाई, जिर्मले, रामशाई, गोलसाई जातका अलैंची खेती हुँदै आएको छ । 

images
प्रकाशित मिति :माघ १८, २०७८ मंगलवार - ०९:२२:१९ बजे

सिआईएन

सामुदायिक रेडियो प्रसारक संघ (सिआईएन) देशभरका सामुदायिक रेडियोहरुको साझा संस्था हो । इच्छाकामना न्युज डटकमले पनि मनकामना एफ एम ९८.७ मेगाहर्जमा मार्फत सिआईएनसँग समाचारको लागि साझेदारी गर्ने गर्छ ।

सम्बन्धित समाचार
images

Copyright © All right reserved to ichchhakamananews Site By: SobizTrend Technology