Logo

बिहिवार, श्रावण २८ गते २०८३

images
२०८३, श्रावण २८ गते
TRENDING
images

मर्स्याङदी गाउँपालिकाले होमस्टे र ‘रक क्लाइम्बिङ’ लाई बाँड्याे २५ लाख

मर्स्याङदी गाउँपालिकाले होमस्टे र ‘रक क्लाइम्बिङ’ लाई बाँड्याे २५ लाख

इच्छाकामना न्युज

१९, माघ २०७८
मर्स्याङदी गाउँपालिकाले होमस्टे र ‘रक क्लाइम्बिङ’ लाई बाँड्याे २५ लाख

लमजुङ,१९ माघ । लमजुङको मर्स्याङदी गाउँपालिकाले पर्यटन प्रवर्द्धनका लागि भन्दै हाेमस्टे, ‘रक क्लाइम्बिङ’, मन्दिर र पार्कका लागि २५ लाख रुपैयाँ बाँडेकाे छ ।

images

पाँच वटा होमस्टेले २/२ लाख रुपैयाँ पाएका छन् । घनपोखरा होमस्टे, सिउरुङ होमस्टे, खानीगाउँ (रक गार्डेन) होमस्टे, भुष्मे होमस्टे र भलामचौर होमस्टेलाई २ लाखका दरले बजेट विनियोजन गरिएकाे गाउँपालिकाका अध्यक्ष अर्जुन गुरुङले जानकारी दिए ।

रकमबाट आवश्यकता अनुसार संरचना निर्माण, पूर्वाधार विकास तथा विविध क्रियाकलाप गर्न पाइनेछ ।

दुई वटा ‘रक क्लाइम्बिङ’ लाई पनि बजेट दिइएकाे छ । मर्स्याङदी ४, च्याम्चेमा रहेको तारेभिर ‘रक क्लाइम्बिङ’ लाई पाँच लाख  र घनपोखरका तेम्रो झरना पर्यटन विकासका लागि बान्द्रेभिर ‘रक क्लाइम्बिङ’ अध्ययनका लागि एक लाख बजेट दिइएकाे छ ।

ताङलीचोकमा रहेको डा. हर्क गुरुङ पार्क प्रवर्द्धनका लागि दुई लाख, भिरपुस्तुन कालिका मन्दिर संरचना निर्माणका लागि दुई लाख र पालिका अन्तर्गत आवश्यकीय पर्यटन प्रवर्द्धनका लागि एक लाख रुपैयाँ छुट्याएको गाउँपालिकाले जनाएको छ ।

 पर्यटकीय गन्तव्य हर्सिङ डाँडामा खानेपानी तथा शौचालय संरचना निर्माण तथा व्यवस्थापनका लागि दुई लाख रुपैयाँ विनियोजन गरेको गाउँपालिकाका उपाध्यक्ष होमबहादुर विकले बताए । 

 

images
प्रकाशित मिति :माघ १९, २०७८ बुधवार - ०९:५३:३० बजे

इच्छाकामना न्युज

इच्छाकामना ब्रोडकाष्टिङ मिडिया प्रा. लि. द्वारा संचालित डिजिटल अनलाईन पत्रिका इच्छाकामना न्युज डटकम २०७४ साल जेठ देखि संचालनमा रहेको नेपाली भाषाको अनलाईन न्युज पोर्टल हो। ‘अब गाउँको खबर विश्वभर...’ भन्ने अभियानका साथ संचालित इच्छाकामना न्युज अनलाईन चितवनको इच्छाकामना गाउँपालिकाबाट संचालित पहिलो अनलाईन पनि हो। विशेष गरेर चितवनको इच्छाकामना गाउँपालिका सहित आसपासका स्थानीय तहहरु गोरखाको शहिद लखन र गण्डकी, तनहुँको आँबुखैरेनी र देवघाटका साथै धादिङको बेनिघाट रोराङ गाउँपालिकाको स्थानीय सरकारका गतिविधिका साथै विकास निर्माण, सुरक्षा, अपराध, कृषी, पर्यटन, सडक, विज्ञान–प्रविधि, रोजगारी, स्वास्थ्य, शिक्षा, मनोरञ्जन, साहित्य लगायतका सामाजिक–सांस्कृतिक मुद्दाका समाचारहरु हामी प्राथमिकताका साथ प्रकाशन गर्ने गर्छौ।

सम्बन्धित समाचार
images

Copyright © All right reserved to ichchhakamananews Site By: SobizTrend Technology