Logo

बिहिवार, श्रावण २८ गते २०८३

images
२०८३, श्रावण २८ गते
TRENDING
images

तनहुँको देवघाटमा गएराति ७४ थान अवैध सालको काठ सहित बुलेरो गाडी नियन्त्रणमा

तनहुँको देवघाटमा गएराति ७४ थान अवैध सालको काठ सहित बुलेरो गाडी नियन्त्रणमा

आशिक राना

१९, माघ २०७८
तनहुँको देवघाटमा गएराति ७४ थान अवैध सालको काठ सहित बुलेरो गाडी नियन्त्रणमा

देवघाट, १९ माघ । तनहुँको देवघाट गाउँपालिकाबाट अवैध सालको काठ सहित प्रहरीले बुलेरो जीप नियन्त्रणमा लिएको छ। इलाका प्रहरी कार्यालय देवघाटले गएराति करिब २ बजेतिर देवघाटको घिनटारबाट अवैध सालको काठ सहित ना २ च  ७३७५ नम्बरको बुलेरो जीप नियन्त्रणमा लिएको हो। 

images

1kath.jpg

गाडीबाट ७४ थान सालको काठ बरामद सहित चालकलाई नियन्त्रणमा लिएको साथै बरामद गरिएको काठ, गाडी र चालकलाई  देवघाट सव डिभिजनमा बुझाईएको इलाका प्रहरी कार्यालय देवघाटका इन्चार्ज सुशील लामिछाने जानकारी दिए।

2kath.jpg

यसैगरी उक्त गाडीमा बरामद भएको काठ ४८.९५ क्युफिट रहेको देवघाट सव डिभिजन वन कार्यालय प्रमुख नवराज ढकालले जानकारी दिए साथै बरामद भएको काठ, गाडी र चालकलाई थप अनुसन्धान र कारवाहीको लागि मुचुल्का उठाई डिभिजन वन कार्यालय तनहुँ पठाईने तयारी भैरहेको उनले बताए।

बरामद काठको मूल्य बजार भाउ अनुसार करिब चार लाख जति पर्ने अनुमान गरिएको छ।

images
प्रकाशित मिति :माघ १९, २०७८ बुधवार - ११:३९:३५ बजे

आशिक राना

पत्रकार आशिक राना इच्छाकामना न्युजको देवघाट प्रतिनिधी हुन् भने देवघाट गाउँपालिकाको प्रेस संयोजक समेत हुनुहुन्छ।

सम्बन्धित समाचार
images

Copyright © All right reserved to ichchhakamananews Site By: SobizTrend Technology