Logo

बिहिवार, श्रावण २८ गते २०८३

images
२०८३, श्रावण २८ गते
TRENDING
images

कोरोना भाइरसको पछिल्लो प्रति नेपालमा पनि पुष्टि 

कोरोना भाइरसको पछिल्लो प्रति नेपालमा पनि पुष्टि 

सिआईएन

२१, माघ २०७८
कोरोना भाइरसको पछिल्लो प्रति नेपालमा पनि पुष्टि 

स्नेहा कर्ण, काठमाण्डौ, २१ माघ । सन् २०१९ मा फेला परेको कोरोना भाइरसको मूल प्रजातिमध्ये पछिल्लो प्रजाती नेपालमा पनि पुष्टि भएको छ । राष्ट्रिय जनस्वास्थ्यका प्रयोगशालाका प्रवक्ता राजेश कुमार गुप्ताले ओमिक्रोनको सहप्रजाति नेपालमा पुष्टि भइसकेको सीआईएनसँग बताउनुभयो । 

images

कतिजना व्यक्तिमा यो सहप्रजाति देखिएको भन्ने बारेमा भने विवरण सङ्कलन भइनसकेको उहाँको भनाइ छ । सशस्त्र प्रहरी अस्पतालका प्रमुख विशेषज्ञ डा रोशनकुमार झाले ओमिक्रोनको सहप्रजातिका कारण मानिसहरूमा फेरिफेरि सङ्क्रमण हुने गरेको पाइएको बताउनुभयो । 

कोरोना भाइरसको मूख्य भाइरसको सार्स सीओभी २ पछि अल्फा, गामा, डेल्टा, कापा लगायतका स्वरुप फेला परेका छन् । सन् २०२१ को नोभेम्बरमा फेला परेको ओमिक्रोनले सङ्क्रमण तीव्र बनाउँदै गर्दा यसको सह प्रजाति बीए डट २ अर्थात् स्टिल्थ हालसम्म नेपालसहित विश्वका ५७ भन्दा बढी मुलुकमा फैलिसकेको छ । 

कोरोना भाइरसको पछिल्लो समय फेला परेको ओमिक्रोन स्वरुपले सङ्क्रमणदर बढाएपनि मृत्यु हुनेदर भने बढाएको छैन र गत वर्षको जस्तो त्रास पनि फैलिएको छैन भने यसले मानिसलाई गम्भीर गराउने दरपनि कम रहेको छ । 

images
प्रकाशित मिति :माघ २१, २०७८ शुक्रवार - १०:०५:३६ बजे

सिआईएन

सामुदायिक रेडियो प्रसारक संघ (सिआईएन) देशभरका सामुदायिक रेडियोहरुको साझा संस्था हो । इच्छाकामना न्युज डटकमले पनि मनकामना एफ एम ९८.७ मेगाहर्जमा मार्फत सिआईएनसँग समाचारको लागि साझेदारी गर्ने गर्छ ।

सम्बन्धित समाचार
images

Copyright © All right reserved to ichchhakamananews Site By: SobizTrend Technology