Logo

बिहिवार, श्रावण २८ गते २०८३

images
२०८३, श्रावण २८ गते
TRENDING
images

आँबुखैरेनी गाउँपालिकाको १० औं गाउँसभा सम्पन्न, करिब ६० करोडको संसोधित बजेट पारित

आँबुखैरेनी गाउँपालिकाको १० औं गाउँसभा सम्पन्न, करिब ६० करोडको संसोधित बजेट पारित

इच्छाकामना न्युज

२४, माघ २०७८
आँबुखैरेनी गाउँपालिकाको १० औं गाउँसभा सम्पन्न, करिब ६० करोडको संसोधित बजेट पारित

आँबुखैरेनी, २४ माघ । तनहुँको आँबुखैरेनी गाउँपालिकाको १० औं गाउँसभा सम्पन्न भएको छ। माघ १० गते उद्घाटन भै सुरु भएको गाउँसभा आज सम्पन्न भएको हो।

images

गाउँपालिका अध्यक्ष गिर बहादुर थापाको अध्यक्षतामा सम्पन्न गाउँसभाले ५९ करोड ९१ लाख ३० हजारको संसोधित बजेट पारित गरेको छ भने २ वटा विधेयक पारित गरेको छ। जसमा एम्बुलेन्स संचालन तथा व्यवस्थापन कार्यविधि र आन्तरिक नियन्त्रण प्रणाली विधेयक पारित गरेको गाउँपालिकाले जानकारी दिएको छ ।

273536566_1209630736535510_4214742185071722670_n.jpg

कार्यक्रममा गाउँपालिकाका अध्यक्ष गिरबहादुर थापा, उपाध्यक्ष पुष्पादेवी श्रेष्ठ, प्रमुख प्रशासकीय अधिकृत अर्याल लगायतले चालु आर्थिक वर्षमा भएका प्रगतिका बारेमा जानकारी गराएका थिए ।

गाउँसभामा उत्कृष्ट कर्मचारीलाई सम्मान गरिएको छ । सम्मानित हुनेमा स्वास्थ्य शाखा प्रमुख अगमराज उपाध्याय, सूचना प्रविधि अधिकृत निरोज श्रेष्ठ, लेखापाल सञ्जय काफ्ले, सहायकस्तर पाँचौ शिखरलाल डोटेल, अञ्जु गुरुङ, शिक्षा शाखामा कार्यरत धुरव सेढाइँ, अमिन सरोजचन्द्र अधिकारी, कार्यालय सहयोगी धनबहादुर दर्लामी रहेका छन् ।

images
प्रकाशित मिति :माघ २४, २०७८ सोमवार - १९:४३:५६ बजे

इच्छाकामना न्युज

इच्छाकामना ब्रोडकाष्टिङ मिडिया प्रा. लि. द्वारा संचालित डिजिटल अनलाईन पत्रिका इच्छाकामना न्युज डटकम २०७४ साल जेठ देखि संचालनमा रहेको नेपाली भाषाको अनलाईन न्युज पोर्टल हो। ‘अब गाउँको खबर विश्वभर...’ भन्ने अभियानका साथ संचालित इच्छाकामना न्युज अनलाईन चितवनको इच्छाकामना गाउँपालिकाबाट संचालित पहिलो अनलाईन पनि हो। विशेष गरेर चितवनको इच्छाकामना गाउँपालिका सहित आसपासका स्थानीय तहहरु गोरखाको शहिद लखन र गण्डकी, तनहुँको आँबुखैरेनी र देवघाटका साथै धादिङको बेनिघाट रोराङ गाउँपालिकाको स्थानीय सरकारका गतिविधिका साथै विकास निर्माण, सुरक्षा, अपराध, कृषी, पर्यटन, सडक, विज्ञान–प्रविधि, रोजगारी, स्वास्थ्य, शिक्षा, मनोरञ्जन, साहित्य लगायतका सामाजिक–सांस्कृतिक मुद्दाका समाचारहरु हामी प्राथमिकताका साथ प्रकाशन गर्ने गर्छौ।

सम्बन्धित समाचार
images

Copyright © All right reserved to ichchhakamananews Site By: SobizTrend Technology