Logo

बिहिवार, श्रावण २८ गते २०८३

images
२०८३, श्रावण २८ गते
TRENDING
images

इच्छाकामना गाउँपालिकाले अविवाहित एकल महिला र पुरुषलाई पनि सामाजिक सुरक्षा भत्ता दिने

इच्छाकामना गाउँपालिकाले अविवाहित एकल महिला र पुरुषलाई पनि सामाजिक सुरक्षा भत्ता दिने

इच्छाकामना न्युज

२५, माघ २०७८
इच्छाकामना गाउँपालिकाले अविवाहित एकल महिला र पुरुषलाई पनि सामाजिक सुरक्षा भत्ता दिने

कुरिनटार, २५ माघ । चितवनको इच्छाकामना गाउँपालिकाले अविवाहित एकल महिला र पुरुषलाई पनि सामाजिक सुरक्षा भत्ता दिने भएको छ। यस सम्बन्धमा अविवाहित रहेका एकल महिला र पुरुषको लगत संकलन कार्य बुधबारदेखि सुरु गरेको छ । 

images

यसका लागि गाउँपालिकाले निर्माण गरेको कार्यविधि अनुसारको सामाजिक सुरक्षा भत्ता पाउन योग्यहरुको सूचि बुझाउन सम्बन्धित वडा कार्यालयलाई गाउँपालिकाले निर्देशन दिएको छ। गाउँपालिकाले कार्यविधि नै बनाएर ४५ वर्ष कटेका अविवाहित एकल महिलाका साथै ६० वर्ष कटेका अविवाहित एकल पुरुष र विदुर पुरुषलाई लक्षित गर्दै सामाजिक सुरक्षा भक्ता दिन लागेको हो । 

गाउँपालिकाले चालु आर्थिक वर्षबाटै उनीहरुलाई सामाजिक सुरक्षा भक्ता वितरण गर्न लागिएको गाउँपालिकाका अध्यक्ष गीताकुमारी गुरुङले जानकारी दिए । गाउँपालिकाले दिन लागेको सामाजिक सुरक्षा भक्ताको लक्षित समूहलाई केन्द्र सरकारबाट ७० वर्ष नकटुन्जेल कुनै सुविधा नदिईने भएकोले उनीहरुलाई केहि सहयोग पुगोस् भन्ने हेतुले स्थानीय सरकारले भक्ताको व्यवस्था गर्न लागेको उनले बताए।

यस्तै भक्ता वितरणका लागि गाउँपालिकाले आर्थिक वर्ष २०७८÷०७९ को निति, कार्यक्रम तथा बजेटमा १० लाख रुपैयाँको व्यवस्था गरेको थियो ।

images
प्रकाशित मिति :माघ २५, २०७८ मंगलवार - ०९:३९:०३ बजे

इच्छाकामना न्युज

इच्छाकामना ब्रोडकाष्टिङ मिडिया प्रा. लि. द्वारा संचालित डिजिटल अनलाईन पत्रिका इच्छाकामना न्युज डटकम २०७४ साल जेठ देखि संचालनमा रहेको नेपाली भाषाको अनलाईन न्युज पोर्टल हो। ‘अब गाउँको खबर विश्वभर...’ भन्ने अभियानका साथ संचालित इच्छाकामना न्युज अनलाईन चितवनको इच्छाकामना गाउँपालिकाबाट संचालित पहिलो अनलाईन पनि हो। विशेष गरेर चितवनको इच्छाकामना गाउँपालिका सहित आसपासका स्थानीय तहहरु गोरखाको शहिद लखन र गण्डकी, तनहुँको आँबुखैरेनी र देवघाटका साथै धादिङको बेनिघाट रोराङ गाउँपालिकाको स्थानीय सरकारका गतिविधिका साथै विकास निर्माण, सुरक्षा, अपराध, कृषी, पर्यटन, सडक, विज्ञान–प्रविधि, रोजगारी, स्वास्थ्य, शिक्षा, मनोरञ्जन, साहित्य लगायतका सामाजिक–सांस्कृतिक मुद्दाका समाचारहरु हामी प्राथमिकताका साथ प्रकाशन गर्ने गर्छौ।

सम्बन्धित समाचार
images

Copyright © All right reserved to ichchhakamananews Site By: SobizTrend Technology