कोरोना संक्रमित विरामीहरुको उपचारका लागि बनाएको गोरखा क्याम्पसमा रहेको क्वारेन्टाइन सहितको आइशोलेसन हटाएको छ ।
जिल्ला विपद् व्यवस्थापन समितिको विहिबार बसेको वैठकले क्याम्पसमा रहेको आइसोलेशन हटाएको हो । कोरोना संक्रमिकको उपचार गर्नका लागि गत साउन २३ गते गोरखा क्याम्पसमा क्वारेन्टाइन सहितको आइशोलेबन बनाएको थियो ।
आइशोलेसनमा कुनै पनि संक्रमित विरामी नरहेको र क्याम्पसले आइशोलेसन केन्द्र संचालन गर्न नसकिने व्यहोराको पत्र प्राप्त भएकाले सो निर्णय गरिएको प्रमुख जिल्ला अधिकारी तीर्थराज भट्टराईले जानकारी दिए ।
‘गोरखा क्याम्पसबाट वारेन्टाइन सहितको आइशोलेसन हटाई क्याम्पसका नियमित गतिविधि संचालन गर्न पाउँ भनि पटक–पटक मौखिक तथा लिखित अनुरोध गर्नुभएको थियो,’ उनले भने, ‘सबै स्थानीय तहहरुले आफ्ना पालिकाभित्र लक्षण नदेखिएका संक्रमित व्यवस्थापन समेत गरेको देखिएकाले क्याम्पसनबाट आइसोलेशन हटाएको हो ।’
त्यस्तै जटिल प्रकृतिको लक्षण नदेखिएका कोरोना संक्रमित विरामीहरुको आइसोलेशन लगायतका सम्पूर्ण उपचारको व्यवस्थापन सम्बन्धित स्थानीयत तहले व्यहोरर्ने निर्णय भएको उनी बताउछन । ‘जटिल लक्षण देखिएका कोरोना संक्रमितहरुको उपचारको सम्पूर्ण व्यवस्थापन गोरखा अस्पतालले गर्ने छ,’ उनले भने, ‘तर जटिल प्रकृतिको लक्षण नदेखिएका कोरोना संक्रमितहरुलाई होम आइसोलेशनमा राख्ने र त्यसको सम्पूर्ण उपचारको व्यवस्थापन सम्बन्धित गाउँपालिका र नगरपालिकाले गर्ने निर्णय भएको छ ।’
विहिबार बसेको वैठकले गोरखा अस्पतालमा जटिल प्रकृतिको लक्षण सहितको कोरोना संक्रमित विरामीको उपचार गर्नको लागि थप भवनको आवश्यकता पर्ने भएकोले शिक्षा विकास तथा समन्वय इकाई र स्वास्थ्य कार्यालयसँग समन्वय गरी भवनको व्यवस्थापन गर्ने निर्णय गरेको छ ।
त्यस्तै क्याम्पसमा बाँकी रहेको आइशोलेसन सम्बन्धी सामग्रीहरु गोरखा नगरपालिकालाई बुझाउने पनि उनले बताए । उनले भने, ‘क्याम्पसमा रहेको बाँकी सामग्रीहरुको वितरण व्यवस्थापन जिल्ला प्रशासन कार्यालय,गोरखा नगरपालिका र गोरखा अस्पतालको संयुक्त रुपमा समन्वयमा गर्ने निर्णय भएको छ ।’ गोरखा क्याम्पसको आइसोलेशनमा खटिएका नेपाली सेना र नेपाली प्रहरीलाई फिर्ता गर्ने निर्णय भएको उनले जानकारी दिए ।
गोरखामा क्याम्पसमा संचालन हुदै आएको क्वारेन्टाइन सहितको आइशोलेसन केन्द्र संचालन गर्दा संक्रमितहरुको उपचार व्यवस्थापनमा लागेको खर्च गोरखा अस्पतालबाट प्राप्त नभएकोले सो प्राप्तीका लागि प्रदेश सरकार तथा संघीय सरकार समक्ष माग गर्ने निर्णय भएको पनि प्रजिअ भट्टराईले बताए ।
कोभिड– १९ देशव्यापी बढेसँगै गोरखा कालिका मन्दिर, मनकामना मन्दिर लगायतका धार्मिक शक्तिपिठहरुमा नित्य पूजा बाहेकका पूजापाठहरुमा लामो समय देखि बन्द रहेकाले ति धार्मिक स्थलहरु दर्शन तथा पुजापाठका लागि खुलाउनका लागि संघीय सरकारलाई अनुरोध गर्ने निर्णय भएको उनले जानकारी दिए ।