Logo

बिहिवार, श्रावण २८ गते २०८३

images
२०८३, श्रावण २८ गते
TRENDING
images

गोरखा गण्डकी गाउँपालिकाको फुजेलबाट ३ जना जुवाडे पक्राउ

गोरखा गण्डकी गाउँपालिकाको फुजेलबाट ३ जना जुवाडे पक्राउ

केशव गुरुङ

११, मंसिर २०७७
गोरखा गण्डकी गाउँपालिकाको फुजेलबाट ३ जना जुवाडे पक्राउ

गोरखा, ११ मंसिर । गोरखाको गण्डकी गाउँपालिकामा अवैध रुपमा जुवा(कौडा) खेल्ने वmममा तीन जना जुवाडे पक्राउ परेका छन् ।

images

गण्डकी गाउँपालिका–४ फुजेलबाट बुधबार राती उनीहरुलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय गोरखाले जनाएको छ ।

पक्राउ पर्नेमा गण्डकी गाउँपालिका–४ फुजेलका ४६ वर्षीय जनक भण्डारी, धादिङ ज्वालामुखी गाउँपालिका–३ का ६३ वर्षीय खुम बहादुर अर्याल र सोहि गाउँपालिका वडा नं २ का २२ वर्षीय राज कुमार थापा रहेको एसपी सुरेन्द्र गुरुङले बताए ।

उनीहरुको साथबाट २ लाख ७१ हजार ५ सय २० रुपैया पैसा र कौडा गोटी १६ थान बरामद गरिएको गुरुङले बताए । जुवा खालबाट फरार रहेका अन्य व्यक्तिहरु खोज्ने कार्य जारी रहेको पनि उनले जानकारी दिए ।

पक्राउ परेको उनीहरुलाई आवश्यक कारवाहीका लागि जिल्ला प्रशासन कार्यालयबाट १० दिन म्याद थप गरी अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ । 

images
प्रकाशित मिति :मंसिर ११, २०७७ बिहिवार - १८:५२:५१ बजे

केशव गुरुङ

सम्बन्धित समाचार
images

Copyright © All right reserved to ichchhakamananews Site By: SobizTrend Technology