Logo

आइतवार, आश्विन ११ गते २०८३

images
२०८३, आश्विन ११ गते
images
images

अब मोबाइल एपबाटै ऋण लिन सकिने 

अब मोबाइल एपबाटै ऋण लिन सकिने 

सिआईएन

३, फाल्गुण २०७८
अब मोबाइल एपबाटै ऋण लिन सकिने 
images

उषा तामाङ, काठमाडौँ, ३ फागुन । कोरोना महामारीको दुइ वर्षभन्दा धेरै समय नेपालमा मोबाइलबाटै रकम लिनदिन र निकाल्ने सुविधा लोकप्रिय भयो । कोरोना संक्रमणको जोखिम नहोस् भन्दै राष्ट्र बैँकले पनि सेवा प्रदायक तथा बैङ्कहरूसँग समन्वय गरिदियो । प्रयोगकर्ताको माग बढ्दैजाँदा अब भने मोबाइल बैँकिङमार्फत नै बैँक तथा वित्तीय संस्थाबाट ऋण माग्न पाइने भएको छ ।

images
images

रकम थोरै वा धेरै भए पनि बैङ्कहरूमा ऋण लिन जाँदा प्रक्रिया झन्झटिलो हुने गुनासो सेवाग्राहीको हुन्छ । तर अब मोबाइलबाटै ऋणका लागि बैँकमा अनुरोध गर्न पाइने सुनेपछि जनकपुरका अशोक साहलाई खुसी लागेको छ । नेपालमै पहिलो पटक नबिल बैङ्कले मोबाइलबाटै ऋण लिनेदिने व्यवस्था १ वर्ष अघिदेखि गरेको थियो ।

त्यसपछि लक्ष्मी, कुमारी बैङ्कले पनि यो सुविधाको सुरुवात गरे । हालसम्म आफूहरूले ३ हजारभन्दा धेरैलाई मोबाइल एपमार्फत दिएको आवेदनका आधारमा २ लाख सम्म ऋण दिने गरेको कुमारी बैंकका प्रवक्ता नबिनमुनी बज्राचार्य बताउनुहुन्छ । नेपाल राष्ट्र बैङ्कले तीन दिनअघि विद्युतीय माध्यमबाट प्रवाह हुने कर्जा सम्बन्धी मार्गदर्शन जारी गर्दै बैङ्क वा वित्तीय संस्थाले कर्जा आवेदनदेखि असुलीसम्मको लागि सहजीकरण गर्न सेवा प्रदायक संस्थालाई भनेको छ । सेवाप्रदायक संस्थामा खल्ती, इसेवा लगायत २८ वटा  संस्था छन् ।

तलवी खाता रहेका वा पेशागत तथा व्यावसायिक आय जम्मा हुने खाता रहेका ग्राहकलाई अधिकतम ५ लाखसम्म र अन्य ग्राहकले २ लाख रुपैयाँसम्म यो कर्जा निन पाउने नेपाल राष्ट्र बैङ्कका सह–प्रवक्ता नारायण प्रसाद पोखरेलले सीआइएनसँग बताउनुभयो ।

मोबाइल एपको माध्यमबाट कर्जा लिएका व्यक्तिले एकै पटक वा किस्ताबन्दिमा ३ वर्षसम्म भुक्तानी गर्नुपर्ने हुन्छ । यो व्यवस्थाको सुरुवात गर्नु सकारात्मक भए पनि सेवाग्राहीलाई कारोबारका बारेमा जानकारी दिनुपर्ने बताउनुहुन्छ पूर्व गभर्नर दीपेन्द्र बहादुर क्षेत्री ।

राष्ट्र बैंककाका अनुसार कोरोना महामारी सुरु हुनुअघि महिनामा ९ सय अर्बको विद्युतीय कारोवार हुने गरेको थियो भने हाल यो दर प्रति महिना ५१ सय ४१ अर्ब पुगेको छ । विद्युतीय कारोवार प्रति सेवाग्राही आकर्षित हुँदै गर्दा ऋण लिन र दिन मोबाइल माध्यम बन्न थालेको छ । तर सेवाप्रादायक संस्थाले बैँकले जस्तै झन्झटिलो प्रक्रिया नराखून भन्ने अपेक्षा नागरिकको छ । 

images
प्रकाशित मिति :फाल्गुण ३, २०७८ मंगलवार - ०९:२१:३१ बजे

सिआईएन

सामुदायिक रेडियो प्रसारक संघ (सिआईएन) देशभरका सामुदायिक रेडियोहरुको साझा संस्था हो । इच्छाकामना न्युज डटकमले पनि मनकामना एफ एम ९८.७ मेगाहर्जमा मार्फत सिआईएनसँग समाचारको लागि साझेदारी गर्ने गर्छ ।

सम्बन्धित समाचार
images

Copyright © All right reserved to ichchhakamananews Site By: SobizTrend Technology