Logo

बिहिवार, श्रावण २८ गते २०८३

images
२०८३, श्रावण २८ गते
TRENDING
images

कोरोना संक्रमणबाट गोरखाका ७५ वर्षीय वृद्धाको निधन

कोरोना संक्रमणबाट गोरखाका ७५ वर्षीय वृद्धाको निधन

इच्छाकामना न्युज

१३, मंसिर २०७७
कोरोना संक्रमणबाट गोरखाका ७५ वर्षीय वृद्धाको निधन

गोरखामा कोरोनाबाट ७५ वर्षीय बृद्धाको निधन भएको छ ।

images

गोरखा अस्पतालमा उपचारको व्रmममा शुक्रबार बेलुकी साडे आठ बने बुद्धाको निधन भएको अस्पतालले जनाएको छ ।

‘उहाँ मंसिर ८ गते आकस्मिक कक्षमा उपचारका लागि आउनु भएको थियो,’ गोरखा अस्पतालका सूचना अधिकारी कृष्ण ढकालले भने, ‘सोहि दिन पिसिआर संकलन गरी पठाएको र ९ गते कोरोना संक्रमण पुष्टि भएको थियो ।’

 कोरोना संक्रमण पुष्टिभएसँगै उनलाई आइसियुमा उपचार गरिएको उनले बताए ।

 ‘उहा विगत १० महिना देखि हिड्डुल गर्न नसक्ने र ओछ्यानमा पर्नु भएको रहेछ,’ उनले भने, ‘कुनै खास रोगको उपचार गराइरहुन भएको पाइएन, तर अस्पताल आइपुग्दा निकै कमजोर र निमोनियाले ग्रसित हुनुहुन्थ्यो, उपचारको व्रmममा निधन भयो ।’

बृद्धाको शव सेनाले व्यवस्थापन गरेर घाट सम्म लाने तयारी गरिरहेको गरिरहेको प्रमुख जिल्ला अधिकारी तीर्थराज भट्टराईले जानकारी दिए । 

images
प्रकाशित मिति :मंसिर १३, २०७७ शनिवार - ०९:५८:२८ बजे

इच्छाकामना न्युज

इच्छाकामना ब्रोडकाष्टिङ मिडिया प्रा. लि. द्वारा संचालित डिजिटल अनलाईन पत्रिका इच्छाकामना न्युज डटकम २०७४ साल जेठ देखि संचालनमा रहेको नेपाली भाषाको अनलाईन न्युज पोर्टल हो। ‘अब गाउँको खबर विश्वभर...’ भन्ने अभियानका साथ संचालित इच्छाकामना न्युज अनलाईन चितवनको इच्छाकामना गाउँपालिकाबाट संचालित पहिलो अनलाईन पनि हो। विशेष गरेर चितवनको इच्छाकामना गाउँपालिका सहित आसपासका स्थानीय तहहरु गोरखाको शहिद लखन र गण्डकी, तनहुँको आँबुखैरेनी र देवघाटका साथै धादिङको बेनिघाट रोराङ गाउँपालिकाको स्थानीय सरकारका गतिविधिका साथै विकास निर्माण, सुरक्षा, अपराध, कृषी, पर्यटन, सडक, विज्ञान–प्रविधि, रोजगारी, स्वास्थ्य, शिक्षा, मनोरञ्जन, साहित्य लगायतका सामाजिक–सांस्कृतिक मुद्दाका समाचारहरु हामी प्राथमिकताका साथ प्रकाशन गर्ने गर्छौ।

सम्बन्धित समाचार
images

Copyright © All right reserved to ichchhakamananews Site By: SobizTrend Technology