Logo

बिहिवार, श्रावण २८ गते २०८३

images
२०८३, श्रावण २८ गते
TRENDING
images

प्रदेश सरकारहरूले कृषि बजारलाई प्राथमिकता दिन सकेनन् 

प्रदेश सरकारहरूले कृषि बजारलाई प्राथमिकता दिन सकेनन् 

सिआईएन

४, फाल्गुण २०७८
प्रदेश सरकारहरूले कृषि बजारलाई प्राथमिकता दिन सकेनन् 

सुसिला काठमाडौँ, ४ फागुन । कृषिलाई व्यवसायिक बनाउन बजारले मूख्य भुमिका खेल्ने भएपनि प्रदेश सरकारहरूले कृषि बजारलाई प्राथमिकता दिन सकेका छैनन् । कृषि क्षेत्रको विकासका लागी प्रदेश स्तरिय कृषि मन्त्रालयको मुख्य जिम्मेवारीमा किसानको उत्पादनलाई बजारीकरण गर्ने भनेर लेखिएको भएपनि काम भने भएको छैन ।

images

१४ जिल्ला रहेको प्रदेश १ मा सुनसरीको धरान र झापाको बिर्तामोडमा गरि २ वटा ठुला कृषि बजार सञ्चालनमा छन् । प्रदेश सरकारको सहयोगमा इलाम र दमकमा कृषि बजार निमार्णाधिन अवस्थामा रहेका छन् भने झापा अर्जुनधाराको बजार सञ्चालनमा आउन सकेको छैन ।

प्रदेश सरकारले  बजारीकरणका लागि भौतीक पुर्वाधारमा जोड दिएको कृषि मन्त्रालयका प्रवक्ता डाक्टर राजेन्द्र उप्रेतीले बताउनुभयो । नेपालको खाद्यान्न उत्पादनको प्रमुख थलोको रुपमा रहेको मधेस प्रदेशमा पनि कृषि बजारमा किसानको सहज पहुँच छैन । किसानले आफ्ना उत्पादन बेच्न हप्ता दिनमा लाग्ने हाट बजार नै कुर्नुपर्छ । प्रदेश सरकारले शीत भण्डार निर्माण र ढुवानीका लागि अनुदान दिने काम गरिरहेको छ ।

बाग्मती प्रदेश सरकारले पनि कृषि उत्पादन विक्रिका लागि छुट्टै संयन्त्र बनाउन नसकेको भुमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालयका प्रवक्ता राजन ढकालले बताउनुभयो । गण्डकी प्रदेश सरकारले भने बजारीकरणका लागी ३४ वटा स्थानीय बिक्री केन्द्रहरु सञ्चालन गरेको छ भने साझेदारीका १५ वटा कृषि उपज सङ्कलन केन्द्र छन् ।  

कृषि सामग्रीको भण्डारणका लागी ७ वटा ठुला शीत भण्डार केन्द्र समेत बनाईएको छ । लुम्बिनी प्रदेशले भने बजारसँग किसानको उत्पादनलाई जोड्न हरेक जिल्लामा २ वटा गाडीको व्यवस्था गर्ने तयारी गरेको कृषि, खाद्य प्रविधि तथा भूमि व्यवस्था मन्त्रालयका सुचना अधिकारी शालीकराम गौतमले बताउनुभयो ।

१० वटा जिल्ला रहेको कर्णाली प्रदेशमा एउटा कृषि बजार मात्रै छ भने पालिकास्तरिय हाट बजार पनि एकदमै कम छन् । जसका कारण किसानले सहजै आफ्ना उत्पादन बिक्री गर्न पाउँदैनन् । सुदुरपश्चिम प्रदेशको कैलाली र कञ्चनपुरमा नेपालकै नमुना कृषि थोक बजार सन्चालनमा छन् । तर ति बजारमा ठुला किसानको मात्रै पहुँच छ । साना किसानका लागि जिल्लास्तरिय एकिकृत कृषि बजार निर्माणमा प्रदेश सरकारको ध्यान पुगेको छैन ।  

images
प्रकाशित मिति :फाल्गुण ४, २०७८ बुधवार - ०९:१६:१८ बजे

सिआईएन

सामुदायिक रेडियो प्रसारक संघ (सिआईएन) देशभरका सामुदायिक रेडियोहरुको साझा संस्था हो । इच्छाकामना न्युज डटकमले पनि मनकामना एफ एम ९८.७ मेगाहर्जमा मार्फत सिआईएनसँग समाचारको लागि साझेदारी गर्ने गर्छ ।

सम्बन्धित समाचार
images

Copyright © All right reserved to ichchhakamananews Site By: SobizTrend Technology