आँबुखैरेनी, ५ फागुन । राष्ट्रपति शैक्षिक सुधार कार्यक्रमका लागि चालु आर्थिक वर्षमा तनहुँ आँबुखैरेनी गाउँपालिकाका ४ वटा विद्यालयहरु छनौटमा परेको छ । प्राप्त आवेदनका आधारमा देशभरका चार हजार १५७ सार्वजनिक विद्यालय छनोट गरेकोमा आँबुखैरेनीका ४ विद्यालय छनौटमा परेको हो। शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री देवेन्द्र पौडेलको अध्यक्षतामा बसेको बैठकले सो छनोट गरेको हो ।
गाउँपालिकाका रामशाह माविमा विज्ञान प्रयोगशालाका लागि १० लाख, कन्यादेवी माविमा चार कोठे भवनका लागि ३६ लाख, लक्ष्मी माविमा दुई कोठे भवनका लागि १८ लाख र मस्र्याङ्दी सामुदायिक आधारभूत विद्यालयमा कम्प्युटर प्रयोगशालाका लागि ६ लाख ५० हजार रुपैयाँ विनियोजन भएको छ ।
उक्त कार्यक्रमका लागि तनहुँको १० वटा पालिकाबाट ४७ वटा विद्यालय छानिएका छन् ।