Logo

बिहिवार, श्रावण २८ गते २०८३

images
२०८३, श्रावण २८ गते
TRENDING
images

देवघाटको भूजेल वस्तीमा बालविकास केन्द्र भवनको उद्घाटन

देवघाटको भूजेल वस्तीमा बालविकास केन्द्र भवनको उद्घाटन

आशिक राना

६, फाल्गुण २०७८
देवघाटको भूजेल वस्तीमा बालविकास केन्द्र भवनको उद्घाटन

देवघाट, ६ फागुन । तनहुँको देवघाट गाउँपालिकाका वडा नम्बर ५ साउने भुजेल समुदायमा दश लाख बराबर लागतमा रोटरी साउने बालविकास केन्द्र भवनको उद्घाटन गरिएको छ । बिहिबार एक कार्यक्रम गरि देवघाट गाउँपालिका अध्यक्ष दुर्ग बहादुर थापा र रोटरी अन्तराष्ट्रिय  डिष्ट्रक्ट ३२९२ का डिष्ट्रक्ट  गभर्नर इलेक्ट रो. जितेन्द्र बहादुर राजभण्डारीले संयुक्तरुपमा सो भवनको उद्घाटन गरे।

images

274094976_912962886016966_3184782177874484967_n.jpg

कार्यक्रममा प्रमुख अतिथि डिष्ट्रक्ट गभर्नर इलेक्ट रो. जितेन्द्र बहादुर राजभण्डारीले बाल शिक्षा भवनको उद्घाटन पछी कार्यक्रमलाई सम्बोधन गर्दै बालबालिकाहरू भनेको देशको कर्णधार हुन् हामीले सानै उमेर बाट बालबच्चाहरू लाई राम्रो शिक्षा  दिएर अघि बढाउन सक्यो भने पछि गएर समुदाय र देशको उदाहरणिय व्यक्ति बन्न सक्ने बताए । साथै उनले कुनै पनि  बालबच्चालाई स्कुल जानबाट कहिल्यै पनि बञ्चित नगरौ स्कुल पठाउने बानि बसालौँ भनेर आग्रह गर्दै आफुले सक्दो सहयोग गर्ने प्रतिबद्धता समेत गरे । 

273739551_366285678353940_3859079220405088641_n.jpg

सो कार्यक्रममा देवघाट गाउँपालिकाका अध्यक्ष दुर्गबहादुर थापाले आज बाल बिकास केन्द्रको उद्घाटन पछि पहिलाको पुरानो  जिण अबस्थामामा रहेको बालबिकास केन्द्र भवनलाई भत्काएर नयाँ भवन  बनाउन सफल भएको बताउदै साना–साना बालबालिकाहरुलाई अध्यन–अध्यापन गराउन पनि अब सहज हुनेमा बिश्वात राखेका थिए। साथै अध्यक्ष थापाले देवघाट गाउँपालिकाको शैक्षिक गुणस्तरलाई गुणस्तरीय बनाउन हरेक संघ संस्थाहरु संग समन्वय गरि अगाडी बढ्ने समेत बताए।

273927942_492674192431171_1730907638447044036_n.jpg

कार्यक्रममा देवघाट ५ नम्बर वडा अध्यक्ष याल बहादुर गुरुङले कार्यक्रममा बोल्दै देवघाट गाउँपालिका ५ नम्बर वडाको भुजेल समुदायलाई एउटा नमुना समुदायको रुपमा परिचीत गराउन रोटरी क्लबले खेलेको भुमिका प्रति खुशी व्यक्त गर्दै धन्यवाद समेत दिएको थियो। साथै वडा अध्यक्ष गुरुङले देवघाट ५ नम्बर वडाको बिकास निरन्तर क्रमिकरुपमा अगाडी बढेको बताउदै आफुले  कुनै पनि कसर नराखी सवै संग समन्वय गरि अगाडी बढ्ने बताए।

देबघाट गाँउ पालिका वडा नं ५ अन्तर्गत पर्ने साउनेमा भुजेल जातिहरू बसोबास गर्दै आइरहेको र  उनिहरुको आर्थिक अवस्था निकै नै कमजोर  भएको हुनाले रोटरी क्लब अफ नारायणगढले उक्त स्थानका  बालबालिकाहरु शिक्षा देखी टाढा हुन नपरोस् भन्ने उदेश्यको साथ  बालबिकास भवन निर्माण कार्यलाई अगाडि बढाएको रोटरी क्लब अफ नारायणगढका संस्थापक अध्यक्ष रोटरियन निरञ्जन प्रधानले जानकारी दिए।

साथै  बालबिकास केन्द्रमा भुजेल समूदायका १७ बालबालिका अध्ययन गर्छन् । भवन पुरानो भएको हुनालेले साना साना बालबालिकाहरुला बस्न र अध्ययन गर्न कठिन भइ रहेको बेला रोटरी क्लब अफ नारायणगढ र देवघाट गाउँपालिकाको समन्वयमा बालविकास केन्द्रको भवन बनेकोमा भुजेल समुदायमा खुशी उत्साह छाएको स्थानीय आईतमाया भुजेलले बताइन्।

images
प्रकाशित मिति :फाल्गुण ६, २०७८ शुक्रवार - ०९:२८:२७ बजे

आशिक राना

पत्रकार आशिक राना इच्छाकामना न्युजको देवघाट प्रतिनिधी हुन् भने देवघाट गाउँपालिकाको प्रेस संयोजक समेत हुनुहुन्छ।

सम्बन्धित समाचार
images

Copyright © All right reserved to ichchhakamananews Site By: SobizTrend Technology