Logo

बिहिवार, श्रावण २८ गते २०८३

images
२०८३, श्रावण २८ गते
TRENDING
images

प्रचुर सम्भावना तर गुमनाम 'इन्द्रेणी झरना'

प्रचुर सम्भावना तर गुमनाम 'इन्द्रेणी झरना'

न्युज कारखाना

८, फाल्गुण २०७८
प्रचुर सम्भावना तर गुमनाम 'इन्द्रेणी झरना'

प्रकाश पाक्साँवा, तेह्रथुम, ८ फागुन । तेह्रथुम, धनकुटा संखुवासभा जिल्लाको सीमानामा रहेको इन्द्रेणी झरना प्रचारप्रसार र संरक्षण अभावमा ओझेलमा परेकाे छ । धर्मदेवी नगरपालिका-३ संखुवासभामा रहेको झरना पर्यटकीय रुपमा प्रचुर सम्भावना छ र यहाँ काेही पनि पुग्दैनन् । 

images

पूर्वको पर्यटकीय गन्तव्य टिएमजेको प्रवेशद्धारको रुपमा रहेको वसन्तपुर बजारदेखि करिब आधा घण्टाकाे पैदल दुरी तथा मोटरसाइकलमा दशै मिनेटमा पुगिने भए पनि गुमनाम झै बनेको हो । स्थानीयवासीका साथै स्थानीय, प्रदेश र संघीय सरकारकाे आँखा नपुगेको यो झरनालाई पर्यटकीय रुपमा विकास गर्न प्रचार र संरक्षणको अभाव रहेको महालक्ष्मी-१ धनकुटाका विकास गुरुङले बताए । उनी भन्छन्, ‘यो झरना आफैमा सुन्दर छ । झरनालाई संरक्षण गर्दै सरकारको ध्यानकर्षण गर्न सकियो भने पर्यटकीय गन्तव्यकाे रुपमा विकास गर्न सकिन्छ ।' 

कच्ची सडक छेउ जंगलको बीचमा रहेको झरना संरक्षणमा अहिले भने स्थानीयले चासो देखाउन थालेका छन् । झरना तीन जिल्लाको सीमाना रहेकोले तेह्रथुम, धनकुटा र संखुवासभाले संंरक्षणमा ध्यान नदिएको लालीगुराँस नगरपालिका-२ तेह्रथुमका गोपाल भुजेलले बताए । ‘झरना संखुवासभाको धर्मदेवी नगरपालिकामा पर्छ स्थानीय सरकारले चासो दिएको छैन् । अरु जिल्लाले त झन् ध्यान दिने कुरै भएन । जसका कारण ओझेलमा पर्दै आएको छ ।’ भुजलेले भने ।

घाम लागेको बेला झरनामा इन्द्रेणी देखिने भएकाले यसकाे नाम इन्द्रेणी झरना राखिएको महालक्ष्मी नगरपालिका-१ धनकुटाका कृष्ण गुरुङले बताए । कच्ची सडक झरनाको छेउसम्म पुगेपनि झरना संरक्षणको अभाव रहेको वसन्तपुरका मनिष श्रेष्ठले बताए । उनी भन्छन् ‘कच्ची सडक पुगे पनि यहाँ पूर्वाधार विकासको खाँचो छ । झरना क्षेत्रमा पुर्वाधार विकास गर्न सके पर्यटक भित्र्याउन सक्नेमा कसैकाे दुई मत छैन ।’

स्थानीय सरकार गठन भएको करिब पाँच बर्ष बित्न लाग्यो तर, यी र यस्ता पर्यटकीय गन्तव्यको विकासमा ध्यान नदिँदा सम्भावना बोकेका पर्यटकीय गन्तव्यहरू ओझेलमा पर्दै आएका छन् । 

 

images
प्रकाशित मिति :फाल्गुण ८, २०७८ आइतवार - १८:१९:३६ बजे

न्युज कारखाना

इच्छाकामना न्युज डटकम प्राईभेट समाचार एजेन्सी न्युज कारखानाको नियमित ग्राहक हो ।

सम्बन्धित समाचार
images

Copyright © All right reserved to ichchhakamananews Site By: SobizTrend Technology