देवघाट, १५ मंसिर । तनहुँको देवघाट गाउँपालिकाले गाउँपालिका अन्तरगत विभिन्न वडाहरुमा संचालन हुने योजनाहरु बारे उपभोक्ता समितिका पदाधिकारीहरुलाई अभिमुखिकरण अभिमुखिकरण कार्यक्रम सम्पन्न गरेको छ। गाउँपालिकाले वडा नं. ५ को वडा कार्यालयमा आईतबार गाउँपालिका अन्तरगत विभिन्न वडाहरुमा संचालन हुने योजनाहरु बारे उपभोक्ता समितिका पदाधिकारीहरुलाई अभिमुखिकरण अभिमुखिकरण कार्यक्रम सम्पन्न गरेको हो।
सो कार्यक्रममा देवघाट गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत नरहरि सापकोटाले कार्यक्रममा बोल्दै देवघाट गाउँपालिकाको बिकास निम्ति विभिन्न संघ, संस्थाहरु संग समन्वय गरि अगाडि बढ्ने बताउदै उपस्थिति सम्पुर्ण उपभोक्त समितिका पदाधिकारीहरुलाई समयमै योजनाको सम्झौता गरि समयमै गुणस्तरीय काम सम्पन्न गरि भुक्तानी लिन समेत अनुरोध गर्नुभएको थियोे।
कार्यक्रममै विभिन्न योजनाहरुको समेत सम्झौता भएको थियो। देवघाट वडा नम्बर ५ को कार्यालयमा चालु आर्थिक वर्ष ०७७/०७८ विनियोजन बिकास योजनाको ११ वटा बिकास योजनाको सम्झौता भएको छ। जसमा कर्ताप मोटर मार्ग, बसन्तपुर बाटो, क्युदि खाने पानी योजना, भर्जनखोला मगर संघ भवन र गौरीटार बाटो निर्माण लगाएको सम्झौता भएको देवघाट गाउँपालिकाका इन्जिनियर प्रमुख तिर्थराज ढुंगानाले जानकारी दिनुभएको थियो।

त्यस्तै गरि अन्य देवघाट गाउँपालिका अन्तरगत विभिन्न वडाहरुमा संचालन हुने योजनाहरुको सम्झौता तथा उपभोक्त समितिका पदाधिकारीहरुलाई अभिमुखिकरण कार्यक्रम भने देवघाट वडा नम्बर १ मा १८ गते, देवघाट वडा नम्बर २ मा २४ गतेदेवघाट वडा नम्बर ३ मा २५ गते र देवघाट वडा नम्बर ४ मा ३० गते संचालन हुनेछ।
कार्यक्रममा देवघाट गाउँपालिका ५ नम्बर वडा सदस्य भोजराज नैनावस्ति र टुकनाथ अधिकारि, देवघाट गाउँपालिकाका लेखा शाखा प्रमुख उमनाथ ढकाल, देवघाट गाउँपालिकाका योजना शाखा प्रमुख रामप्रसाद सापकोटा, सुचना अधिकृत गोविन्द सापकोटा लगाएतको उपस्थिति रहेको थियो भने देवघाट वडा नम्बर ५ का वडा अध्यक्ष याल बहादुर गुरुङको अध्यक्षतामा कार्यक्रम सम्पन्न भएको थियो।
