Logo

बिहिवार, श्रावण २८ गते २०८३

images
२०८३, श्रावण २८ गते
TRENDING
images

महोत्तरीका ज्येष्ठ नागरिकलाई बैङ्कबाट सामाजिक सुरक्षा भत्ता लिन समस्या 

महोत्तरीका ज्येष्ठ नागरिकलाई बैङ्कबाट सामाजिक सुरक्षा भत्ता लिन समस्या 

सिआईएन

१५, फाल्गुण २०७८
महोत्तरीका ज्येष्ठ नागरिकलाई बैङ्कबाट सामाजिक सुरक्षा भत्ता लिन समस्या 

बिनोद पौडेल, महोत्तरी, १५ फागुन । महोत्तरीका जेष्ठ नागरिकहरूले सामाजिक सुरक्षा भत्ता लिनको लागि समस्या भोग्नु परेको गूनासो गरेका छन् । संविधान अनुसार सरकारले दिएको अधिकार उपयोग गर्नमा पनि कठिनाइ भएको उनीहरू बताउँछन् । राज्यले उपलब्ध गराउदै आएको सामाजिक सुरक्षा भत्ता लिनमा असहज भएको महोत्तरी गौशालाका ज्येष्ठ नागरिक चित्राखर दुलालको गूनासो छ ।

images

सामाजिक सुरक्षा भत्ता वितरणमा पारदर्शिता ल्याउनको लागि अहिले बैङ्किङ प्रणालीको व्यवस्था गरिएको छ । तर, बैङ्किङ व्यवस्थाका कारण सहज हुनुको साटो उल्टै दुःख भोग्नु परेको जेष्ठ नागरिक गूनासो गर्छन् । गत पुष १४ गते गौशाला नगरपालिका अन्तर्गत सिद्घार्थ बैङ्कले भत्ता वितरणमा लापरवाही गरेको भन्दै जेष्ठ नागरिकले आन्दोलन नै गरे । सामाजिक सुरक्षा भत्ता लिन जाँदा गत माघ १२ गते गौशालाको नेपाल बैङ्कको भ¥याङबाट लडेर दुईजना वृद्घ घाईते समेत भए ।

बैङ्कका संरचना जेष्ठ नागरिक मैत्री छैन भने सेवा पनि जेष्ठ नागरिक मैत्री नभएको र छिटो छरितो नभएको गूनासो जेष्ठ नागरिकको रहेको छ । आफ्नै खातामा आउने  रकम प्राप्त गर्नको लागि पनि सर्वसाधारणले सास्ती खेप्नु परेको र यसलाइ स्थानीय पालिकाले व्यवस्थित नबनाईदिएको भन्दै आलोचना पनि हुने गरेको छ ।

सामाजिक सुरक्षा भत्ता वितरणलाई थप व्यवस्थित बनाउन गौशाला नगरपालिकाले बैङ्कसँग छलफल गरिरहेको उपप्रमुख आशा लामाले बताउनुभयो । उहाँले ज्येष्ठ नागरिकलाई

वितरण गरिने सामाजीक सुरक्षा भत्तालाई सहज रुपमा व्यवस्थापन गरिदिनका लागि पालिकाले पहल गरिरहेको बताउनुभयो । देशभरका जेष्ठ नागरिकले लगभग यस्तै समस्या भोग्दै आएका छन् । लक्षित वर्गलाई राहत पुगोस भन्ने उद्देश्यले सरकारले वितरण गर्दै आएको सामाजिक सुरक्षा बापद्को रकम रकम सहज रूपमा उपलब्ध गराउने वातावरण बनाइदिन जेष्ठ नागरिकको माग छ ।

 

images
प्रकाशित मिति :फाल्गुण १५, २०७८ आइतवार - ०९:०५:५५ बजे

सिआईएन

सामुदायिक रेडियो प्रसारक संघ (सिआईएन) देशभरका सामुदायिक रेडियोहरुको साझा संस्था हो । इच्छाकामना न्युज डटकमले पनि मनकामना एफ एम ९८.७ मेगाहर्जमा मार्फत सिआईएनसँग समाचारको लागि साझेदारी गर्ने गर्छ ।

सम्बन्धित समाचार
images

Copyright © All right reserved to ichchhakamananews Site By: SobizTrend Technology