Logo

बिहिवार, श्रावण २८ गते २०८३

images
२०८३, श्रावण २८ गते
TRENDING
images

महाशिवरात्रिमा राष्ट्रपति, उपराष्ट्रपति र प्रधानमन्त्रीकाे शुभकामना सन्देश

महाशिवरात्रिमा राष्ट्रपति, उपराष्ट्रपति र प्रधानमन्त्रीकाे शुभकामना सन्देश

इच्छाकामना न्युज

१७, फाल्गुण २०७८
महाशिवरात्रिमा राष्ट्रपति, उपराष्ट्रपति र प्रधानमन्त्रीकाे शुभकामना सन्देश

काठमाडाैं, १७ फागुन । हिन्दु धर्मावलम्बीको पवित्र पर्व महाशिवरात्री-२०७८ आज मंगलबार धुमधामका साथ मनाइँदैछ । उपत्यकाकाे पशुपतिनाथ मन्दिरसहित देशभरका शिव मन्दिरमा दर्शनार्थीकाे भीड लागेकाे छ ।

images

यो पर्व कालरात्रि, मोहरात्रि, सुखरात्रि र शिवरात्रि नामक चार प्रमुख रात्रि मध्ये एक पवित्र पर्वका रूपमा पुराणमा वर्णित छ।

फाल्गुन कृष्ण चतुर्दशीका दिन मनाइने यस पर्वलाई सम्पूर्ण दीन दुःखी र कष्टपूर्ण अवस्थामा रहेका प्राणीको हृदयमा धर्मको उदय गराउने आशुतोष भगवान् शिवको अति प्यारो दिनका रूपमा पनि लिइने गरिन्छ। व्रत उत्सवमध्ये सर्वोत्तम कहलिएको महाशिवरात्रिका दिन भक्तजनहरूले शुद्ध भई शिव मन्दिरमा पूजा(अर्चना गरी व्रत बस्ने र भगवान् शिवको प्रिय वस्तु दूध, धतुरो र बेलपत्र चढाउने गर्दछन् ।

पर्वका अवसरमा राष्ट्रपति विद्यादेवी भण्डारीले महाशिवरात्रिले नेपालीको जीवनमा आध्यात्मिक जागरणको नयाँ उज्यालो छर्न सकोस् भन्दै शुभकामना सन्देश जारी गरेकी छन् ।

उनले भनेकी छन्, 'नेपाल भूमिसँग भगवान् शिवको सम्बन्ध विभिन्न वैदिक ग्रन्थमा वर्णन गरिएको पाइन्छ, शिवोत्पत्ति भएको विश्वास गरिने मानसखण्डको भूभाग, शिवको विचरणस्थल मानिने हिमवत्खण्डको मुख्य भूगोल एवं निवासस्थल मानिने पवित्र पाशुपत क्षेत्र नेपालसँग रहनु हाम्रा लागि गौरवको विषय हो, हाम्रो मुलुकका धेरै समुदायभित्र विद्यमान सनातन संस्कृतिमा शिवसँग सम्बन्धित आस्था र विश्वास निरन्तर प्रतिबिम्बित भएको पाइन्छ ।'

त्यस्तै उपराष्ट्रपति नन्दबहादुर पुनले यस पर्वको माध्यमबाट नेपालीबीच आपसी सद्भाव, सहिष्णुता र भाइचाराको अभिवृद्धि हुँदै जानेमा विश्वास व्यक्त गरेका छन् ।  'आजै नेपाली सेना दिवस पनि हो । नेपाली सेना दिवस-२०७८ को अवसरमा नेपाली सेनाका प्रधान सेनापतिसहित सकल दर्जामा हार्दिक बधाई तथा शुभकामना व्यक्त गर्दछु,' उनले भनेका छन् ।

प्रधानमन्त्री शेरबहादुर देउवाले महाशिवरात्रीले नेपालमा सबै धार्मिक समुदायले श्रद्धापूर्वक मान्ने गरेको बताएका छन् ।  नेपाल जातीय, भाषिक, धार्मिक एवं सांस्कृतिक विविधताले सम्पन्न मुलुक भएको उल्लेख गर्दै उनले  हरेक जातजातिका आआफ्ना रीतिरिवाज, चाडपर्व र संस्कृति भए पनि सबै जाति र धर्म मान्ने सम्प्रदायले यो विविधतालाई सम्मान गर्दै अपनत्व महसुस गर्नु नेपालीको मौलिक एवं विशिष्ट पहिचान भएको बताएका छन् ।

images
प्रकाशित मिति :फाल्गुण १७, २०७८ मंगलवार - ०८:०९:५४ बजे

इच्छाकामना न्युज

इच्छाकामना ब्रोडकाष्टिङ मिडिया प्रा. लि. द्वारा संचालित डिजिटल अनलाईन पत्रिका इच्छाकामना न्युज डटकम २०७४ साल जेठ देखि संचालनमा रहेको नेपाली भाषाको अनलाईन न्युज पोर्टल हो। ‘अब गाउँको खबर विश्वभर...’ भन्ने अभियानका साथ संचालित इच्छाकामना न्युज अनलाईन चितवनको इच्छाकामना गाउँपालिकाबाट संचालित पहिलो अनलाईन पनि हो। विशेष गरेर चितवनको इच्छाकामना गाउँपालिका सहित आसपासका स्थानीय तहहरु गोरखाको शहिद लखन र गण्डकी, तनहुँको आँबुखैरेनी र देवघाटका साथै धादिङको बेनिघाट रोराङ गाउँपालिकाको स्थानीय सरकारका गतिविधिका साथै विकास निर्माण, सुरक्षा, अपराध, कृषी, पर्यटन, सडक, विज्ञान–प्रविधि, रोजगारी, स्वास्थ्य, शिक्षा, मनोरञ्जन, साहित्य लगायतका सामाजिक–सांस्कृतिक मुद्दाका समाचारहरु हामी प्राथमिकताका साथ प्रकाशन गर्ने गर्छौ।

सम्बन्धित समाचार
images

Copyright © All right reserved to ichchhakamananews Site By: SobizTrend Technology