आँबुखैरेनी, १५ मंसिर । प्रतिनिधि सभा तनहूँ क्षेत्र नम्बर १ का सांसद कृष्णकुमार श्रेष्ठ ‘किसान’ मार्फत आँबुखैरेनी गाउँपालिकाका ५ वटा योजनालाई ५० लाख रुपैयाँ बजेट विनियोजन भएको छ। स्थानीय पुर्वाधार विकास साझेदारी कार्यक्रम अन्तर्गत सांसद श्रेष्ठ मार्फत चालु आर्थिक वर्षको लागि उक्त रकम विनियोजन भएको हो।
सांसद श्रेष्ठले वडा नम्बर १ को मित्रता युवा क्लवको खेल मैदान निर्माणका लागि १० लाख, वडा नम्बर ३ को ताओ गुम्बामा सार्वजनिक शौचालय निर्माणका लागि १० लाख, वडा नम्बर ५ को चण्डेश्वरी आधारभुत विद्यालयको कम्पाउण्ड निर्माणका लागि १० लाख रुपैयाँ विनियोजन गरेका छन्।
यस्तै वडा नम्बर ६ को लाब्दि भोटिश्वरा हिलेखर्क मोटरमार्ग स्तरोन्नतीको लागि १० लाख र वडा नं. ५ र ६ को प्युघर गुम्बा अधुरो भवन र छिम्केश्वरी लाब्दी महिला विकास समिति समूह भवन निर्माणका लागि १० लाख रुपैयाँ विनियोजन गरेका छन्।
देवघाट गाउँपालिका तथा स्थानीय जनताको माग र आवश्यकताको आधारमा योजना छनौट गरि रकम विनियोजन गरिएको सांसद श्रेष्ठको सचिवालयले जनाएको छ ।