Logo

बिहिवार, श्रावण २८ गते २०८३

images
२०८३, श्रावण २८ गते
TRENDING
images

गोरखा शहिद लखनको ताक्लुङ केउरेनीडाडाँमा १५ शैयाको अस्पताल बन्ने

गोरखा शहिद लखनको ताक्लुङ केउरेनीडाडाँमा १५ शैयाको अस्पताल बन्ने

इच्छाकामना न्युज

१६, मंसिर २०७७
गोरखा शहिद लखनको ताक्लुङ केउरेनीडाडाँमा १५ शैयाको अस्पताल बन्ने

ताक्लुङ, १६ मंसिर । गोरखा शहिद लखन गाउँपालिका ५ ताक्लुङ केउरेनीडाडाँमा १५ शैयाको अस्पताल बन्ने भएको छ। सरकारको चालु आर्थिक वर्षको नीति तथा कार्यक्रम अनुसार अस्पताल नभएका स्थानीय तहमा आधारभुत अस्पताल बनाउने कार्यक्रम अनुसार शहिद लखन गाउँपालिकामा पनि १५ शैयाको अस्पताल बन्ने भएको हो। जसका लागि गाउँपालिकाले ताक्लुङको केउरेनीडाडाँलाई रोजेको छ।
अस्पतालको गाऊँपालिका अध्यक्ष रमेश थापामगरले सोमबार भवन निर्माणको शिलान्यास गरेका हुन्। 

images

128156145_2750468695224148_3716848880672676490_n.jpg
अस्पताल निर्माणका लािग १८ करोड रुपैयाँ लागत अनुमान रहेकोमा  यो वर्ष २ करोड २८ लाख रुपैयाँ वजेट विनियोजन भएको छ।
संघीय सरकारले कार्यक्रम तय गर्नु अघिनै शहिद लखनले ताक्लुङमा पालीकास्तरीय अस्पताल बनाउने निर्णय गरिसकेको थियो । सो पालिकाको घैरुङ स्वास्थ्य चौकीलाई पनि स्तरोन्नती गर्ने काम अघि बढिरहेको छ। भारतीय दूवावासको सहयोगमा सो स्वास्थ्य चौकीको नयाँ भवन निर्माणको काम अघि बढिरहेको छ। सोही स्वास्थ्य चौकीलाई अस्पतालको रुपमा विकास गर्दा योजनामा दोहोरोपन हुने भएकाले केउरेनीडाँडामा नयाँ अस्पताल बनाउन लागिएको शहिद लखन गाउँपालिकाले जनाएको छ।

127903100_2750468725224145_2269835520973711833_n.jpg

 

images
प्रकाशित मिति :मंसिर १६, २०७७ मंगलवार - ०९:०१:०९ बजे

इच्छाकामना न्युज

इच्छाकामना ब्रोडकाष्टिङ मिडिया प्रा. लि. द्वारा संचालित डिजिटल अनलाईन पत्रिका इच्छाकामना न्युज डटकम २०७४ साल जेठ देखि संचालनमा रहेको नेपाली भाषाको अनलाईन न्युज पोर्टल हो। ‘अब गाउँको खबर विश्वभर...’ भन्ने अभियानका साथ संचालित इच्छाकामना न्युज अनलाईन चितवनको इच्छाकामना गाउँपालिकाबाट संचालित पहिलो अनलाईन पनि हो। विशेष गरेर चितवनको इच्छाकामना गाउँपालिका सहित आसपासका स्थानीय तहहरु गोरखाको शहिद लखन र गण्डकी, तनहुँको आँबुखैरेनी र देवघाटका साथै धादिङको बेनिघाट रोराङ गाउँपालिकाको स्थानीय सरकारका गतिविधिका साथै विकास निर्माण, सुरक्षा, अपराध, कृषी, पर्यटन, सडक, विज्ञान–प्रविधि, रोजगारी, स्वास्थ्य, शिक्षा, मनोरञ्जन, साहित्य लगायतका सामाजिक–सांस्कृतिक मुद्दाका समाचारहरु हामी प्राथमिकताका साथ प्रकाशन गर्ने गर्छौ।

सम्बन्धित समाचार
images

Copyright © All right reserved to ichchhakamananews Site By: SobizTrend Technology