काठमाण्डौ, १६ मंसिर । प्रमुख प्रतिपक्षी दल नेपाली काँग्रेसका नेता डा. रामशरण महतले नेपालले भारत र चीन दुवै देशसँग सुमधुर सम्बन्ध राख्नुपर्नेमा जोड दिनुभएको छ। नेपालले आफ्नो हितलाई ध्यानमा राखेर भारत र चीनसँगको सम्बन्ध सुदृढ गर्नुपर्ने उहाँको भनाई छ।
आज काठमाडौंमा भएको कार्यक्रममा नेता महतले भारतसँग नेपालको त्रेतायुग र द्धापरयुगदेखिको सम्बन्ध भएको र चीनसँगपनि सातौं शताब्दीदेखि सम्बन्ध भएको स्मरण गर्दै दुवै देशसँग बराबरी सम्बन्ध हुनुपर्ने बताउनुभयो। नेपालको कुल व्यापारको ६९ प्रतिशत आयात भारतबाट हुन्छ भने चीनबाट १५ प्रतिशत हुने पनि उहाँले बताउनुभयो।
व्यापारको हिसाबले पनि भारत र चीनसँग अत्यन्तै नजिकको सम्बन्ध रहेकोभन्दै उहाँले भविष्यको विकासको लागि दुई देशबीच दुवै देशसँग फाईदा लिनुपर्ने आवश्यकता औल्याउनुभयो। लगानीको स्रोतको रुपमा, पर्यटनको स्रोतको रुपमा र हाम्रो मार्केट सोर्सको रुपमा पनि भारत र चीन नै महत्वपूर्ण हुने उहाँले बताउनुभयो।
चीनको विरोध, भारतको समर्थन, चीनको समर्थन र भारतको विरोध भन्ने कुरा सुनिएपनि नेपालले आफ्नो राष्ट्रिय हितको लागि दुवै देशसँग समुधुर सम्बन्ध राख्नुपर्नेमा उहाँले जोड दिनुभयो।