Logo

बिहिवार, श्रावण २८ गते २०८३

images
२०८३, श्रावण २८ गते
TRENDING
images

चितवनको इच्छाकामना गाउँपालिकामा पनि विभिन्न कार्यक्रम गरि मनाईयो अन्तर्राष्ट्रिय श्रमिक महिला दिवस

चितवनको इच्छाकामना गाउँपालिकामा पनि विभिन्न कार्यक्रम गरि मनाईयो अन्तर्राष्ट्रिय श्रमिक महिला दिवस

इच्छाकामना न्युज

२५, फाल्गुण २०७८
चितवनको इच्छाकामना गाउँपालिकामा पनि विभिन्न कार्यक्रम गरि मनाईयो अन्तर्राष्ट्रिय श्रमिक महिला दिवस

कुरिनटार, २५ फागुन । चितवनको इच्छाकामनामा पनि ११२ औँ अन्तर्राष्ट्रिय श्रमिक महिला दिवस विभिन्न कार्यक्रम गरि मनाइएको छ । सामाजिक न्याय र लैङिगक समानताः दिगो विकासको सुनिश्चितता भन्ने नारा सहित १ सय १२ औं अन्तर्राष्ट्रिय श्रमिक महिला दिवस मंगलबार विभिन्न कार्यक्रम गरि मनाइएको हो ।

images

यसबैचि गाउँपालिकाको आयोजनामा क्षमता अभिवृद्धि तथा अन्तरकृया कार्यक्रम सम्पन्न गरेको छ । गाउँपालिकाभित्रका विभिन्न महिला संघसंगठन, महिला, आमा समूहरु, जनप्रतिनिधि लगायतको उपस्थितिमा गाउँपालिकाको प्रांगणमा कार्यक्रम सम्पन्न भएको हो ।

कार्यक्रममा बोल्दै गाउँपालिका अध्यक्ष गीता कुमारी गुरुङले इच्छाकामनाका महिलाहरु अग्रपंतीमा रहेको पाइएको बताए । आफुहरु जनप्रतिनिधि भएर आएपछि गाउँगाउँमा महिला शसक्तिकरणका कार्यक्रमहरुलाई प्राथमिकता साथ सञ्चालन गरेकाले महिलाहरु जागरुक हुदैँ गएको अध्यक्ष गुरुङको भनाई छ । अहिले इच्छाकामनाका महिलाहरु कार्यक्रमहरुमा अगाडी आएर निर्धक्क भएर बोल्नका साथै आफ्ना समस्याहरु राख्न सक्ने भएको बताए ।

कार्यक्रममा कार्यपालिका सदस्यहरु दमन कुमारी चेपाङ र निर्मला श्रेष्ठले इच्छाकामना गाउँपालिको नेतृत्वमा पुन महिला नै आउनुपर्नेमा जोड दिए। गाउँपालिका अध्यक्ष गीता कुमारी गुरुङको अध्यक्षतामा सम्पन्न कार्यक्रमको गाउँपालिका राजश्व शाखाका प्रमुख तथा यस कार्यक्रमका संयोजक रीता अर्याल नेपालले सञ्चालन गरेका थिए।

कार्यक्रममा अध्यक्ष गुरुङ सहित उपाध्यक्ष कृतिकुमार श्रेष्ठ, प्रवक्ता सावित्री गुरुङ, वडा नम्बर ४ का वडाध्यक्ष मुक्तिनाथ सिलवाल ,महिला समूहका प्रतिनिधिहरुले मन्तव्य राखेका थिए।

images
प्रकाशित मिति :फाल्गुण २५, २०७८ बुधवार - ०९:२७:५० बजे

इच्छाकामना न्युज

इच्छाकामना ब्रोडकाष्टिङ मिडिया प्रा. लि. द्वारा संचालित डिजिटल अनलाईन पत्रिका इच्छाकामना न्युज डटकम २०७४ साल जेठ देखि संचालनमा रहेको नेपाली भाषाको अनलाईन न्युज पोर्टल हो। ‘अब गाउँको खबर विश्वभर...’ भन्ने अभियानका साथ संचालित इच्छाकामना न्युज अनलाईन चितवनको इच्छाकामना गाउँपालिकाबाट संचालित पहिलो अनलाईन पनि हो। विशेष गरेर चितवनको इच्छाकामना गाउँपालिका सहित आसपासका स्थानीय तहहरु गोरखाको शहिद लखन र गण्डकी, तनहुँको आँबुखैरेनी र देवघाटका साथै धादिङको बेनिघाट रोराङ गाउँपालिकाको स्थानीय सरकारका गतिविधिका साथै विकास निर्माण, सुरक्षा, अपराध, कृषी, पर्यटन, सडक, विज्ञान–प्रविधि, रोजगारी, स्वास्थ्य, शिक्षा, मनोरञ्जन, साहित्य लगायतका सामाजिक–सांस्कृतिक मुद्दाका समाचारहरु हामी प्राथमिकताका साथ प्रकाशन गर्ने गर्छौ।

सम्बन्धित समाचार
images

Copyright © All right reserved to ichchhakamananews Site By: SobizTrend Technology