Logo

मंगलवार, आश्विन १३ गते २०८३

images
२०८३, आश्विन १३ गते
images
images

धनुकटाका किसानहरुको अनुभव : टनेल खेतीमा लागेपछि राम्रो उत्पादन र आम्दानी 

धनुकटाका किसानहरुको अनुभव : टनेल खेतीमा लागेपछि राम्रो उत्पादन र आम्दानी 

सिआईएन

१, चैत्र २०७८
धनुकटाका किसानहरुको अनुभव : टनेल खेतीमा लागेपछि राम्रो उत्पादन र आम्दानी 
images

विदुर खवास, धनकुटा, १ चैत । बर्खे झरी, हिउँदको चिसो र बेमौसमा पनि राम्रो उत्पादन लिन सकिने भएपछि धनकुटाका किसान टनेल खेतीमा आकर्षित भएका छन् । फरकफरक हावापानीमा फलफूल र तरकारी खेतीका लागि टनेल प्रविधि उपयोगी हुने किसानहरूको अनुभव छ ।

images
images

धनकुटाको मजुवाका मेघबहादुर खड््काले एकहजार नौ सय मिटरको उचाइमा बेमौसमी काँक्रा फलाउनुभयो । १७ सय मिटर उचाइको पात्ले गाउँमा गोपाल वाग्लेले टनेलभित्र बैमौसमी गोलभेँडा फलाउनुभएको छ । यसबाट आम्दानी पनि राम्रै भएको उहाँको भनाइ छ ।

सेउलेकी राधा राई र  सान्ताङका अमर याखाले पनि तरकारी खेति र फलफूल नर्सरीका लागि टनेलको प्रयोग गरिरहनु भएको छ । ग्रीन हाउस र टनेल प्रविधिको प्रयोगबाट फलफूल र तरकारीले राम्रो आम्दानी दिएको उहाँहरूले बताउनुभयो ।

जाली घर र टनेल प्रविधिबाट खेती गर्दा शत्रुकिरा, पुतली र ढुसीजन्य रोगको सङ्क्रमणबाट तरकारी र फलफूल बाली जोगाउन सकिन्छ । गोडमेल, मलखाद तथा तापक्रम व्यवस्थापनमा पनि यसले सहयोग गर्ने गरेको कृषि प्राविधिक सूर्य सापकोटाको भनाइ छ । फलाम र बाँसको सहायतामा प्लाष्टिक अनि जाली प्रयोग गरेर टनेल बनाउन सकिन्छ ।

एउटा टनेल बनाउन सामान्यतया एक लाख रुपैयाँ लाग्छ र यसले पाँच वर्षसम्म थेग्छ । टनेलभित्रको खेतिबाट एकवर्षमा तीन बाली लिन सकिन्छ । कृषि ज्ञान केन्द्र धनकुटाका अनुसार धनकुटामा अहिले टनेल खेतीमा लागेका किसानको सङ्ख्या १ हजार ७ सय ७६ छ । 

images
प्रकाशित मिति :चैत्र १, २०७८ मंगलवार - ०९:०१:०१ बजे

सिआईएन

सामुदायिक रेडियो प्रसारक संघ (सिआईएन) देशभरका सामुदायिक रेडियोहरुको साझा संस्था हो । इच्छाकामना न्युज डटकमले पनि मनकामना एफ एम ९८.७ मेगाहर्जमा मार्फत सिआईएनसँग समाचारको लागि साझेदारी गर्ने गर्छ ।

images

Copyright © All right reserved to ichchhakamananews Site By: SobizTrend Technology