Logo

सोमवार, आश्विन १२ गते २०८३

images
२०८३, आश्विन १२ गते
images
images

आजसम्मका लागि युक्रेनमा प्राविधिक विराम 

आजसम्मका लागि युक्रेनमा प्राविधिक विराम 

एजेन्सी

१, चैत्र २०७८
आजसम्मका लागि युक्रेनमा प्राविधिक विराम 
images

युक्रेन र रुसबीच प्राविधिक विराम गर्ने सहमति भएको छ । युक्रेनमा जारी युद्ध अन्त्यको विषयमा हिजो दुई देशबीच भएको तेस्रो चरणको वार्तामा आजसम्मका लागि प्राविधिक विराम गरिएको छ ।

images
images

प्राविधिक विरामको बेला रुसी सेनाको गस्तीलाई फिर्ता गर्न समय दिइने छ भने युक्रेनका लागि सुरक्षा सुनिश्चितता बनाउने काम हुनेछ । युक्रेनका राष्ट्रपति भ्लोदोमिर जेलेन्स्किीका सल्लाहकार मिखाइलो पोदोलेकका अनुसार प्राविधिक विरामपछि आज पुनः वार्ता हुनेछ ।

यसैबीच, युक्रेनले जारी युद्धको क्रममा हालसम्म ९० जना बालबालिकाको मृत्यु भएको र सयभन्दा बढी बालबालिका घाइते भएको बताएको छ । यस्तै, संयुक्त राष्ट्र सङ्घका महासचिव एन्टोनियो गुटेर्रसले नागरिकहरूमा युद्धको प्रभाव डरलाग्दो सतहमा पुगेको बताउनुभएको छ । उहाँले शान्तीका साथ जीवन बिताइरहेका नागरिकमा युद्धका कारण घरबार गुमाउनुपरेको तथा आधारभूत आवश्यकताको अभाव झेल्न थालेको बताउनुभयो ।

गुटेर्रसले युद्ध प्रभावित नागरिकलाई तत्काल राहत उपलब्ध गराउनका लागि राष्ट्र सङ्घको आपतकालीन सहयोग समितिले ४० मिलियन डलर सहयोग गर्ने र त्यसबाट खानेपानी, खाद्यान्न, औषधि र अन्य आवश्यकतालाई परिपुर्ति गरिने पनि बताउनुभयो ।

images
प्रकाशित मिति :चैत्र १, २०७८ मंगलवार - ०९:०३:२४ बजे

एजेन्सी

images

Copyright © All right reserved to ichchhakamananews Site By: SobizTrend Technology