आँबुखैरेनी, २ चैत । प्रथम आँबुखैरेनी गाउँपालिका अध्यक्ष कप अन्तर्गत फुटबल प्रतियोगिता तर्फको उपाधी अल स्टार क्लब आँबुखैरेनीले जितेको छ । फाइनलमा आदर्श युथ क्लब एक्लेफाटलाई २–१ गोल अन्तरले पराजित गर्दै अल स्टार क्लबले अध्यक्ष कपको उपाधी जितेको हो।
जित संगै अल स्टार क्लबले ६० हजार, ट्रफि, मेडल र प्रमाणपत्र प्राप्त गरेको छ, भने उपबिजेता आदर्श युथ क्लबले ४० हजार, ट्रफि, मेडल र प्रमाणपत्र प्राप्त गरेको छ ।