Logo

बिहिवार, श्रावण २८ गते २०८३

images
२०८३, श्रावण २८ गते
TRENDING
images

रासायनिक मलमा कालोबजारी, चितवनको दिपशिखा सहकारी कारबाहीमा

रासायनिक मलमा कालोबजारी, चितवनको दिपशिखा सहकारी कारबाहीमा

इच्छाकामना न्युज

१५, आश्विन २०७७
रासायनिक मलमा कालोबजारी, चितवनको दिपशिखा सहकारी कारबाहीमा

चितवन, १५ असोज  
चितवनको दिपशिखा सहकारीले रासायनिक मल कालोबजारी गरेको पाइएको छ। राप्ति नगरपालिका २ मा रहेको दीपशिखा सहकारीले रासायनिक मल कालोबजारी गरेको पाइएको हो । भारतीय अवैध मल र सरकारले उपलब्ध गराएको रासायनिक मल कालोबजारी गरी बिक्री गरेको पाइएको चितवनका सहायक प्रमुख जिल्ला अधिकारी नेत्र शर्माले जानकारी दिए ।
भारतीय अवैध मल लुकाई छिपाई बढी मूल्य कायम गरी बेचेको गोप्य सूचनाका आधारमा जिल्ला प्रशासन कार्यालय चितवनका प्रशासकीय अधिकृत ईश्वर सिंखडा सहितको टोलीले अनुगमन गरेको थियो ।
अनुगमनका क्रममा अवैध मल भेटिनुका साथै सरकारले अनुदानमा दिएको मल बढी मूल्यमा बिक्री गरेको पाइएको सहायक प्रजिअ शर्माले जानकारी दिनुभयो ।
सो क्रममा  अपचलन गरेको २९६ बोरा मल जफत समेत गरिएको छ । जफत मल सम्बन्धित स्थानीय तहले उचित मूल्य कायम गरी  कृषक लाई बिक्री गरी प्राप्त रकम सरकारी राजस्व दाखिल गरी सो को रसिद जिल्ला प्रशासन कार्यालयमा पठाउन लेखी सो सहकारी संस्थालाई कारबाही गर्न निर्देशन दिइएको शर्माले बताउनुभयो । मल अपचलन गरेको पाइए पछि सो सहकारीलाई रु १० ००० जरिवाना गर्ने बिहिवारै निर्णय समेत भएको छ ।

images

images
प्रकाशित मिति :आश्विन १५, २०७७ बिहिवार - २१:४५:५३ बजे

इच्छाकामना न्युज

इच्छाकामना ब्रोडकाष्टिङ मिडिया प्रा. लि. द्वारा संचालित डिजिटल अनलाईन पत्रिका इच्छाकामना न्युज डटकम २०७४ साल जेठ देखि संचालनमा रहेको नेपाली भाषाको अनलाईन न्युज पोर्टल हो। ‘अब गाउँको खबर विश्वभर...’ भन्ने अभियानका साथ संचालित इच्छाकामना न्युज अनलाईन चितवनको इच्छाकामना गाउँपालिकाबाट संचालित पहिलो अनलाईन पनि हो। विशेष गरेर चितवनको इच्छाकामना गाउँपालिका सहित आसपासका स्थानीय तहहरु गोरखाको शहिद लखन र गण्डकी, तनहुँको आँबुखैरेनी र देवघाटका साथै धादिङको बेनिघाट रोराङ गाउँपालिकाको स्थानीय सरकारका गतिविधिका साथै विकास निर्माण, सुरक्षा, अपराध, कृषी, पर्यटन, सडक, विज्ञान–प्रविधि, रोजगारी, स्वास्थ्य, शिक्षा, मनोरञ्जन, साहित्य लगायतका सामाजिक–सांस्कृतिक मुद्दाका समाचारहरु हामी प्राथमिकताका साथ प्रकाशन गर्ने गर्छौ।

सम्बन्धित समाचार
images

Copyright © All right reserved to ichchhakamananews Site By: SobizTrend Technology