आँबुखैरेनी, ३ चैत । तनहुँको आँबुखैरेनी गाउँपालिकाका गुरुङ समुदायले पनि में त्हलें पर्व भव्य रुपमा मनाएको छ। आज परेको गुरुङ समुदायको में त्हलें पर्वको अवसर पारेर विभिन्न कार्यक्रमको आयोजना गरि भव्य रुपमा पर्व मनाएको हो। तमु ह्युल छोंज धिं, गुरुङ राष्ट्रिय परिषद् आँबुखैरेनी र तमु प्ये ल्हु संघ बरादीको संयुक्त आयोजनामा आँबुखैरेनी गाउँपालिका २ बरादीमा विभिन्न कार्यक्रमको आयोजना गरि मनाएको हो।

कार्यक्रममा गुरुङ समुदायको मौलिक खेलहरु म्ये त्हलेँ प्रतियोगिता, भाला हान्ने प्रतियोगिता र छेलो हान्ने प्रतियोगिताको आयोजना गरिएको थियो। उक्त प्रतियोगिताहरु मध्य म्ये त्हलेँ प्रतियोगितामा चिज कुमार गुरुङ प्रथम, मिलन गुरुङ दोस्रो र खेम बहादुर गुरुङ तेस्रो भएका थिए भने भाला हान्ने प्रतियोगितामा तिब्बत गुरुङ प्रथम, सन्दिप गुरुङ दोस्रो र दिपक गुरुङ तेस्रो भएका थिए।

यस्तै छेलो हान्ने प्रतियोगितामा सन्दिप गुरुङ प्रथम, दिपक गुरुङ दोस्रो र तिब्बत गुरुङ तेस्रो भएका थिए।

तमू प्ये ल्हु संघ बरादीका अध्यक्ष पदम बहादुर गुरुङको सभापतित्वमा समपन्न कार्यक्रमको प्रमुख अतिथि तमु प्ये ल्हु संघ तनहुँका जिल्ला सदस्य मिलन गुरुङ, अतिथिमा तमु ह्युल छोंज धींका पुर्ण गुरुङ, तमु ह्युल छोंज धीं तदर्थ समिति आँबुखैरेनीका अध्यक्ष काजिकुमार गुरुङ लागायतको सहभागिता रहेको थियो।