Logo

बिहिवार, श्रावण २८ गते २०८३

images
२०८३, श्रावण २८ गते
TRENDING
images

बुल्दि पुल उद्घाटनमा कांग्रेस तनहुँको क्रियाकलाप लज्जास्पद र निर्लज्जः नेकपा तनहुँ

बुल्दि पुल उद्घाटनमा कांग्रेस तनहुँको क्रियाकलाप लज्जास्पद र निर्लज्जः नेकपा तनहुँ

पत्रपत्रिका

२०, मंसिर २०७७
बुल्दि पुल उद्घाटनमा कांग्रेस तनहुँको क्रियाकलाप लज्जास्पद र निर्लज्जः नेकपा तनहुँ

तनहुँ, १९ मंसिर । तनहुँमा भएका २ वटा पुल उद्घाटन कार्यक्रममा नेपाली कांग्रेसले गरेको क्रियाकलाप लज्जास्पद र निर्लज्ज भएको नेपाल कम्यूनिष्ट पार्टी (नेकपा) तनहुँले बताएको छ ।

images

तनहुँमा उत्पन्न समसामयिक परिस्थिति र क्षेत्राधिकारका सवालका विषयमा जानकारी गराउने उद्देश्यले नेकपा तनहुँले शुक्रबार दमौलीमा पत्रकार सम्मेलन गरी जिल्लाका दुइवटा पुल सेती नदीको सुढे पुल र तालघरेमा रहेको बुल्दी खोला पुल उद्घाटन गर्ने कार्यमा भएका गतिविधि लज्जास्पद र निर्लज्ज पूर्ण भएको बताइएको छ ।

पत्रकार सम्मेलनमा तनहुँ निर्वाचन क्षेत्र नं. २ का प्रतिनिधि सभा सदस्य एवं नेकपा तनहुँका अध्यक्ष केदार सिग्देलले विधि र प्रक्रिया मिच्दै कार्यक्रम गरिएको र उक्त कार्यक्रममा अरुलाई अनेक प्रकारको आरोप लगाउने काम भएको छ त्यो लोकतन्त्रमा त्यस्तो बोल्न उपयुक्त हुँदैन, सत्यतथ्यमा टेकेर बोल्नुपर्छ, म सुझाव दिन चाहन्छु भनेका छन् ।

पत्रकार सम्मेलनमा सहभागिहरु । तस्विर : भञ्ज्याङ

उनले भने, ‘कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेल तथा अन्य केन्द्रीय नेताहरुले बोलेको र गरेको व्यवहारले हामी रिसाएका त छैनौ तर, हमीलाई दुःख त लागेको छ, त्यसो गर्दा गन्तव्य कहाँ पुग्ला – भन्ने चिन्ता लागेको छ ।’

‘कुन पार्टीले, कुन नेताले के कस्तो काम गरेको छ त्यो जनतालाई र्छलङ जानकारी छ’, सिग्देलले भने, ‘जसले जनतको पक्षमा इमान्दारीपूर्वक काम गर्छ चुनाव त्यसैले जित्ने भएकाले विधि र प्रक्रिया भित्र रहेर जनताको हक अधिकारका विषयमा काम गर्नुपर्दछ ।’

नेपाल कम्यूनिष्ट पार्टी (नेकपा) तनहुँले जारी गरेको प्रेस विज्ञप्ति ।

उक्त पत्रकार सम्मेलनमा सहभागि प्रतिनिधि सभा सदस्य कृष्णकुमार श्रेष्ठ, कलिला खान, राष्ट्रिय सभा सदस्य भगवती न्यौपाने, गण्डकी प्रदेशका सांसद रामबहदुर गुरुङले संयुक्त रुपमा हस्ताक्षर गरी जारी गरिएको प्रेस विज्ञप्तिमा तीन तहका सरकरका कामलाई वाइपास नगरी आपसी तालमेल र समन्वयमा विकासको लय अगाडि बढाउने कुरा प्रति सधै सजग रहेको भनिएको छ ।

‘राष्ट्रिय योजना आयोग मार्फ सबै तहको कार्यविभाजन भएको र निर्वाचित जनप्रतिनिधिहरुले तिनको कार्यान्वयनमा पूर्ण प्रतिवद्धता क्रियाशिल भइरहेको अवस्था छ’, विज्ञप्तिमा भनिएको छ, ‘तनहुँ जिल्लाका दुइ पुल सेती नदी सुढे पुल र तालघरेमा रहेको बुल्दी खोला पुल उद्घाटन गर्ने कार्य सम्बन्धित विभागीय मन्त्रालय र कार्यालयले निकट भविष्यमै गर्ने तयारी भइसकेको अवस्थामा नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले सबै प्रक्रिया र विधिलाई बाइपास गरी कथित उद्घाटनको मन्चन गरी आफ्ना पार्टीको चारतारे झण्डाहरु बोकी सरकारी सम्पत्तिमाथि राजनीतिकरण गर्दा भएको कार्य लज्जास्पद र निर्लज्ज छ ।’

नेपाल कम्यूनिष्ट पार्टी (नेकपा) तनहुँले जारी गरेको प्रेस विज्ञप्ति ।

‘यस्तो कार्य लोकतन्त्रको मूल्य मान्यता विपरित हुने ठहर छ । यस्ता विषयहरु सम्बन्धित मत्रालयको समन्वयमा मन्त्रालयका निकाय/कार्यालयहरुले आयोजना गरी उद्घाटन गर्ने र उद्घाटनको निम्ति प्रमुख अतिथि, अतिथिहरुको व्यवस्था समेत सोही कार्यालयहरुले गर्दछ । त्यस्तो उद्घाटनको नितान्त सरकारी काम अर्न्तर्गतको हुन्छ । सोही अनुरुप तिनै निकाय/कार्यालयहरुले उद्घाटनको तयारी गरिरहदा हठात आफ्नो अधिकार क्षेत्र बाहिर गई उक्त पुलको कथित उद्घाटन भन्ने पत्र काटी बल मिच्याइपूर्वक नीति विपरित दुष्कर्म गरेको हुँदा उक्त कार्य अवैधानिक रहन्छ’, जारी विज्ञप्तिमा भनिएको छ ।

पूर्व सभामुख भइसकेको एक जना सम्मानित राष्ट्रिय व्याक्तिले त्यस्ता गलत प्रक्रियाबट भएको कार्यमा सहभागी हुनु घोर निन्दानीय र दुःखद कार्य भएको नेकपा तनहुँले ठहर गरेको छ ।

त्यस्तै, तनहुँ क्षेत्र नम्बर १ का प्रतिनिधि सभा सदस्य कृष्णकुमार श्रेष्ठ किसानले नियम र पद्धति नमानेका कारण बुल्दी पुल उद्घाटनमा अवरोध भएको बताएका छन् । ‘उद्घाटनको रहर भए रामचन्द्र पौडेल मात्र हैन जोकोहीको हातबाट रिबन काटेर गराउँथ्यो,’ उनले भने, ‘तर सरकारको नियम र पद्धति नमानेकाले विरोध गरेका हौं ।’

‘पुल उद्घाटन गर्न नेकपा र किसान श्रेष्ठ लालाहित छैन, हामी जनताको काम गर्न चुनिएका हौं, उनले भने, ‘जनताले आफुलाई भारी मतले जिताएको भन्दै आफूलाई बाइपास गरेकाले अवरोध भएको हो ।’

भञ्ज्याङ्ग न्युजबाट

images
प्रकाशित मिति :मंसिर २०, २०७७ शनिवार - ०७:५२:०६ बजे

पत्रपत्रिका

सम्बन्धित समाचार
images

Copyright © All right reserved to ichchhakamananews Site By: SobizTrend Technology