Logo

मंगलवार, आश्विन १३ गते २०८३

images
२०८३, आश्विन १३ गते
images
images

गठबन्धन निर्वाचनसम्म निरन्तर रहने प्रधानमन्त्री देउवाको भनाइ 

गठबन्धन निर्वाचनसम्म निरन्तर रहने प्रधानमन्त्री देउवाको भनाइ 

इच्छाकामना न्युज

१०, चैत्र २०७८
गठबन्धन निर्वाचनसम्म निरन्तर रहने प्रधानमन्त्री देउवाको भनाइ 
images

तनहुँ, १० चैत । प्रधानमन्त्री शेरबहादुर देउवाले सत्ता गठबन्धन निर्वाचनसम्म निरन्तर रहने बताउनुभएको छ । नेपाली काँग्रेस तनहुँले आज आयोजना गरेको कार्यक्रममा देउवाले गठबन्धन गरेर स्थानीय तहको निर्वाचनमा जाने बताउनुभएको हो ।

images
images

उहाँले प्रदेश र प्रतिनिधिसभाको निर्वाचनसम्म पनि गठबन्धन गर्न जरुरी रहेको बताउनुभयो । गठबन्धनलाई सँगै लैजान जरुरत रहेको र स्थानीय निर्वाचनमा मात्रै हैन प्रदेश तथा राष्ट्रिय निर्वाचनमा पनि गठबन्धन भएमा मात्रै विजयी हुन सकिने प्रधानमन्त्री देउवाले बताउनुभयो ।

निर्वाचनमा गठबन्धनमा आबद्ध पार्टीहरूलाई पनि उचित स्थान दिनुपर्ने उहाँको भनाइ थियो । 

images
प्रकाशित मिति :चैत्र १०, २०७८ बिहिवार - १८:५५:२० बजे

इच्छाकामना न्युज

इच्छाकामना ब्रोडकाष्टिङ मिडिया प्रा. लि. द्वारा संचालित डिजिटल अनलाईन पत्रिका इच्छाकामना न्युज डटकम २०७४ साल जेठ देखि संचालनमा रहेको नेपाली भाषाको अनलाईन न्युज पोर्टल हो। ‘अब गाउँको खबर विश्वभर...’ भन्ने अभियानका साथ संचालित इच्छाकामना न्युज अनलाईन चितवनको इच्छाकामना गाउँपालिकाबाट संचालित पहिलो अनलाईन पनि हो। विशेष गरेर चितवनको इच्छाकामना गाउँपालिका सहित आसपासका स्थानीय तहहरु गोरखाको शहिद लखन र गण्डकी, तनहुँको आँबुखैरेनी र देवघाटका साथै धादिङको बेनिघाट रोराङ गाउँपालिकाको स्थानीय सरकारका गतिविधिका साथै विकास निर्माण, सुरक्षा, अपराध, कृषी, पर्यटन, सडक, विज्ञान–प्रविधि, रोजगारी, स्वास्थ्य, शिक्षा, मनोरञ्जन, साहित्य लगायतका सामाजिक–सांस्कृतिक मुद्दाका समाचारहरु हामी प्राथमिकताका साथ प्रकाशन गर्ने गर्छौ।

सम्बन्धित समाचार
images

Copyright © All right reserved to ichchhakamananews Site By: SobizTrend Technology