Logo

सोमवार, आश्विन १२ गते २०८३

images
२०८३, आश्विन १२ गते
images
images

युक्रेन–रुसबीच जारी युद्धकोबारेमा जानकारी लिन अमेरिकी राष्ट्रपति बाइडन पोल्याण्डमा 

युक्रेन–रुसबीच जारी युद्धकोबारेमा जानकारी लिन अमेरिकी राष्ट्रपति बाइडन पोल्याण्डमा 

एजेन्सी

१२, चैत्र २०७८
युक्रेन–रुसबीच जारी युद्धकोबारेमा जानकारी लिन अमेरिकी राष्ट्रपति बाइडन पोल्याण्डमा 
images

युक्रेन–रुस बीच जारी युद्धकाबीच अमेरिकी राष्ट्रपति जो बाइडन पोल्याण्ड भ्रमणमा पुग्नुभएको छ । पोल्याण्डको राजधानी वार्सामा रहनुभएका अमेरकी राष्ट्रपति वाइडनलाई युक्रेन युद्धको विषयमा जानकारी गराइने छ ।

images
images

रुसले युक्रेनको खारकिभ र राजधानी किभमाथि कब्जाका लागि झन्डै १५ दिनदेखि आक्रमण गरिरहेको छ । तर, हालसम्म कुनै सफलता भने प्राप्त हुन सकेको छैन ।

यसैबीच, युक्रेनका गृहमन्त्रीका सल्लाहकारले रुसका रक्षा मन्त्री सर्गेई लाभरोभलाई हृदयघात भएको दाबी गरेका छन् । युक्रेनका गृहमन्त्रीका सल्लाहकारले सामाजीक सञ्जाल फेसबुकमा रुसी रक्षामन्त्री सर्गेईलाई हृदयघात भएको र उहाँ अस्पतालमा भर्ना हुनु भएको उल्लेख गरेका छन् । यसअघि युक्रेनका राष्ट्रपति भ्लोदोमिर जेलेन्स्किले पनि रुसी रक्षामन्त्री सर्गेई गायब भएको भन्दै प्रतिक्रिया दिनुभएको थियो । 

यसैबीच, जारी युद्धको क्रममा १ हजार ८ सयभन्दा बढी युक्रेनी नागरिकको मृत्यु भएको छ । अन्तर्राष्ट्रिय सञ्चार माध्यमहरूका अनुसार युद्धको क्रममा हालसम्म मृत्यु भएकामध्ये १ सय ३५ जना बालबालिका रहेका छन् ।

images
प्रकाशित मिति :चैत्र १२, २०७८ शनिवार - १०:५१:१६ बजे

एजेन्सी

images

Copyright © All right reserved to ichchhakamananews Site By: SobizTrend Technology