Logo

बिहिवार, श्रावण २८ गते २०८३

images
२०८३, श्रावण २८ गते
TRENDING
images

अर्गानिक उत्पादनसँगै रोजगारी बाँड्दै गोरखा मनकामनाका महिलाहरु

अर्गानिक उत्पादनसँगै रोजगारी बाँड्दै गोरखा मनकामनाका महिलाहरु

पत्रपत्रिका

१५, चैत्र २०७८
अर्गानिक उत्पादनसँगै रोजगारी बाँड्दै गोरखा मनकामनाका महिलाहरु

मनकामना, १५ चैत । गोरखाको शहीदलखन गाउँपालिका ३ मनकामनाका महिलाहरु अर्गानिक खेतीबाली उत्पादन र बिक्रीसँगै स्वरोजगारको अभियानमा जुटेका छन् । सातजना महिलाहरुले मिलेर सुरु गरेको मनकामना कोसेली एग्रो कन्सर्नले अहिले ४६ जनालाई प्रत्यक्ष रोजगारी दिएको छ ।

images

277313270_550042436315724_8063696233730182143_n.jpg

‘३७ जनाले अचार बनाउने तालिम लिएर अचार बनाउनुहुन्छ, पाँच जनाले मह उत्पादनका लागि मौरी पाल्नुहुन्छ, दुई जनाले पूmलको नर्सरी बनाउनुभएको छ’, मनकामना कोसेली एग्रो कन्सर्नका अध्यक्ष सर्मिला श्रेष्ठले भनिन् । कोसेली घरमा काम गर्ने दुई जना र आवश्यक परेका बेला ज्यालादारीमा पनि काम लगाउने गरिएको उनले बताइन् ।

277253408_523030005874601_5787633266139412854_n.jpg

महिलाहरुले स्थानीय स्तरमा उत्पादन गरेका उपजलाई मनकामना बजारमा रहेको कोसेली घरबाट बिक्री गरिन्छ । अहिले कोसेली घरमा एकसय थरीका परिकार बिक्रीका लागि राखिएको छ । गुन्द्रुक, मस्यौरा, झिलाएँ, निम्की, चिप्स, मकै, भटमास, मास, बदाम, अचारका बिभिन्न परिकार, च्याँख्ला लगायत पाइन्छ ।

277252981_660542995054297_4204821680515855692_n.jpg

‘मनकामना बजारका पसलमा भएका अधिकांश स्थानीय उत्पादन हुन्, केही हामीले जिल्लाभित्रका अन्य पालिकाबाट ल्याएर पनि प्याकेजिङ गर्छौँ’, कन्सर्नका सचिव निर्मला श्रेष्ठले भनिन् । अचारमात्रै १६ प्रकारको छ । लोकल स्वादमा पाइने स्थानीय उत्पादनले मनकामना आउने पाहुनाको ध्यान पनि खिचेको छ । अधिकांशले केही न केही कोसेली लैजाने गरेका छन् ।

277214840_381935586866370_5977335853582691220_n.jpg

मनकामना सिर्जनशील महिला समुहमा आवद्ध भएका अगुवा महिलाहरुले ग्रामीण भेगका महिलाहरुलाई स्वरोजगार बनाउँदै आत्मनिर्भरतर्फ अघि बढाउने उद्देश्यले कोसेली घर संचालनमा ल्याएको अध्यक्ष श्रेष्ठले बताइन् । ‘हामीले कसरी के उत्पादन गर्ने भन्ने तालिम दिएका छौँ, महिला दिदी बहिनीहरुले सोही अनुसार उत्पादन गर्नुहुन्छ, हामी खरिद गरेर बिक्री गछौँ’, उनले भनिन् । अहिले अचार उत्पादन गर्ने मात्रै ३७ जना व्यवसायी रहेका छन् । उनीहरुले बिभिन्न थरीका अचार उत्पादन गर्ने गर्छन् ।

277236382_1918352098351869_1120495288594088751_n.jpg

बेसार, च्याँख्ला जस्ता पहिलेदेखि गर्दै आएका खेतीबाट हुने उत्पादन पनि कोसेलीघरले संकलन गरेर बिक्री गर्ने गरेको सचिव उर्मिला श्रेष्ठले बताईन् । ‘यहाँ हुँदै आएको उत्पादन हामीले खरिद गर्छौँ, तालिम दिएर गर्नुभएको उत्पादन यहाँ बिक्री नभएको काठमाण्डौँ, चितवन, गोरखा लगायत ठाउँमा बिक्री गर्छौँ ।’ मनकामना मन्दिर नजिकै त्यहाँ आएका भक्तजनले कोसेलीको रुपमा स्थानीय उत्पादन लैजाउन भन्ने उद्देश्यले बिक्री केन्द्र संचालन गरिएको छ ।

275560426_554900002416292_2758424759692738996_n.jpg

‘ग्रेडिङ, रिफाईनिङ, लेवलिङ, ब्राण्डिङको काम पनि हामी गर्छौँ’, सचिव श्रेष्ठले भनिन् । गत वर्षदेखि सुरु भएको कोसेली घरमा च्याख्ला, अचार, मह, घ्यू धेरै बिक्री हुने गरेको छ । कोसेली घरले खरिद गर्न थालेपछि एकजना किसानले २५ देखि ३० हजारसम्म आम्दानी गरिसकेका छन् । ‘कोभिडका कारण केही समय प्रभावित भयो’, अध्यक्ष श्रेष्ठले भनिन् ।

277180771_1055947548604299_3959370141448593807_n.jpg

मनकामना आसपास सिलिङ, डाँडागाउँ, केउरपानी, पार्तेचौर, बेतेनी लगायत ठाउँका महिलाहरुले रोजगारीको अवसर पाएका छन् । ‘महिला उद्यमी बढाउँदै लैजाने, स्थानीय उत्पादनलाई बिक्री गर्ने कामलाई बिस्तार गर्दै लैजाने योजना छ’, कोसेली एग्रो कन्सर्नकी अध्यक्ष श्रेष्ठले भनिन् । अध्यक्ष, सचिव सहित उमा श्रेष्ठ, सन्तोषी श्रेष्ठ, मिरा जोशी, सरस्वती जोशी र मञ्जु श्रेष्ठ मिलेर कोसेली एग्रो कन्सर्न संचालनमा ल्याएका हुन् ।

277234401_1016467965630985_7688191768021173872_n.jpg

उनीहरुले २१ लाख लगानी गर्ने योजना सहित सुरु गरेको बताउँछन् । ‘आवश्यकताका आधारमा हामीले शेयर थप्दै लगेका छौँ’ सचिव श्रेष्ठले भनिन् । उनीहरुलाई अचार बनाउने तालिम, नर्सरी संचालन गर्ने तालिम, मौरी पालनका बारेमा सहमति नेपाल नामक संस्थाले सहयोग गरेको हो ।

277214836_697816544586232_2559021916954732363_n-768x579.jpg

लुथरन वल्र्ड रिलिफको सहयोगमा सहमतिले अचार बनाउने मेसिन, प्याकिङ र प्याकेजिङमा प्रयोग हुने मेसिनहरु पनि सहयोग गरेको कार्यक्रम संयोजक शिव सुवेदीले बताए । ‘उहाँहरुले किसानले उत्पादन गरेको सामग्रीको बजार जोहो गरिदिनुभएको छ’, उनले भने, ‘त्यसैले हामीले केही प्राविधिक पाटोमा सहयोग गरिरहेका छौँ ।’ दरौदी दैनिकबाट

images
प्रकाशित मिति :चैत्र १५, २०७८ मंगलवार - २२:१०:३२ बजे

पत्रपत्रिका

सम्बन्धित समाचार
images

Copyright © All right reserved to ichchhakamananews Site By: SobizTrend Technology