Logo

बिहिवार, श्रावण २८ गते २०८३

images
२०८३, श्रावण २८ गते
TRENDING
images

शहिद लखन गाउँपालिकाको ७ नं. वडा कार्यालयको सेवा आफ्नै नयाँ भवनबाट सुरु

शहिद लखन गाउँपालिकाको ७ नं. वडा कार्यालयको सेवा आफ्नै नयाँ भवनबाट सुरु

इच्छाकामना न्युज

१६, चैत्र २०७८
शहिद लखन गाउँपालिकाको ७ नं. वडा कार्यालयको सेवा आफ्नै नयाँ भवनबाट सुरु

बुंकोट, १६ चैत । गोरखाको शहिद लखन गाउँपालिका वडा-७ बुङकोट वडा कार्यालयले आफ्नै नयाँ भवनबाट सेवा प्रवाह गरेको छ ।

images

मंगलबार नयाँ भवनको सम्उद्घाटन गरेपछि वडाले नयाँ भवनबाट सेवा प्रवाह सुरु गरेको हो । वडा कार्यालयको नव निर्मित सम्पन्न भवनलाई एक कार्यक्रम गरि शहिद लखन गाउँपालिकाका अध्यक्ष रमेश बाबु थापाले समुदघाटन गरेका हुन् ।

वडा कार्यालयको नव निर्मित सम्पन्न भवनलाई एक कार्यक्रम गरेर समुदघाटन गरेको शहिद लखन गाउँपालिका वडा-७ का अध्यक्ष शरण श्रेष्ठले जानकारी दिएका छन् ।

वडा पालिकाले नयाँ भवनबाट सेवा प्रवाह गरेपछि स्थानीय खुशी बनेका छन् ।

अब शहिद लखन गाउँपालिका वडा-७ ले गर्नुपर्ने सम्पूर्ण कार्य र जनतालाई दिनुपर्ने सेवा सोही भवनबाट सुचारु गरिएको वडा अध्यक्षको भनाई छ ।

images
प्रकाशित मिति :चैत्र १६, २०७८ बुधवार - १९:२५:१० बजे

इच्छाकामना न्युज

इच्छाकामना ब्रोडकाष्टिङ मिडिया प्रा. लि. द्वारा संचालित डिजिटल अनलाईन पत्रिका इच्छाकामना न्युज डटकम २०७४ साल जेठ देखि संचालनमा रहेको नेपाली भाषाको अनलाईन न्युज पोर्टल हो। ‘अब गाउँको खबर विश्वभर...’ भन्ने अभियानका साथ संचालित इच्छाकामना न्युज अनलाईन चितवनको इच्छाकामना गाउँपालिकाबाट संचालित पहिलो अनलाईन पनि हो। विशेष गरेर चितवनको इच्छाकामना गाउँपालिका सहित आसपासका स्थानीय तहहरु गोरखाको शहिद लखन र गण्डकी, तनहुँको आँबुखैरेनी र देवघाटका साथै धादिङको बेनिघाट रोराङ गाउँपालिकाको स्थानीय सरकारका गतिविधिका साथै विकास निर्माण, सुरक्षा, अपराध, कृषी, पर्यटन, सडक, विज्ञान–प्रविधि, रोजगारी, स्वास्थ्य, शिक्षा, मनोरञ्जन, साहित्य लगायतका सामाजिक–सांस्कृतिक मुद्दाका समाचारहरु हामी प्राथमिकताका साथ प्रकाशन गर्ने गर्छौ।

सम्बन्धित समाचार
images

Copyright © All right reserved to ichchhakamananews Site By: SobizTrend Technology