Logo

मंगलवार, आश्विन १३ गते २०८३

images
२०८३, आश्विन १३ गते
images
images

नेकपा एमालेमा जनताको आकर्षणले गठबन्धनलाई छटपटी भइरहेको छ : केपी ओली

नेकपा एमालेमा जनताको आकर्षणले गठबन्धनलाई छटपटी भइरहेको छ : केपी ओली

इच्छाकामना न्युज

१७, चैत्र २०७८
नेकपा एमालेमा जनताको आकर्षणले गठबन्धनलाई छटपटी भइरहेको छ : केपी ओली
images

जुम्ला, १७ चैत । नेकपा एमालेका अध्यक्ष तथा पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले जुम्ला खस भाषा, संस्कृति र सभ्यताको इतिहास भएको बताए । जुम्लाको सिञ्जा गाउँपालिकाको नराकोटमा आयोजित जनसभा तथा पार्टी प्रवेश कार्यक्रमलाई सम्बोधन गर्दै अध्यक्ष यस्तो बताएका हुन् । ुजुम्लाको खस इतिहासलाई आफ्नो परिस्थिति अनुसार गर्न सक्ने सहयोग मैले गर्ने छु, उनले भने, केन्द्रबाट गर्ने सबै सहयोगको जिम्मेवारी म लिन्छु । ढुक्क हुनुहोस् र सिञ्जाको विकास गर्न हामी तयार छौं ।

images
images

जुम्लाको विकासका लागि सबैले एकआपसमा हातेमालो गर्नुपर्ने ओलीले बताए । उनले कर्णालीमा मानसरोवर, कैलाश पर्वत, राराताल, कनकासुन्दरी, त्रिपुरासुन्दरीलगायतका धार्मिक पर्यटकीय स्थल भएको बताउँदै चन्दननाथ बाबाले प्रतिपादन गरेको मार्सीचामलको देशभर चर्चा रहेको बताए । उनले मार्सीचामल नेपालको ओरजिनल ब्रान्ड भएको दाबी गरे ।

अध्यक्ष ओलीले जुम्ला सिञ्जाको विकास कसरी गर्न सकिन्छ भनेर हेर्न आएको बताए । म जुम्लाको खलंगामा पहिले पनि आएको छु । सिजा किताबमा मात्र पढेको थिए । सिजा हेर्ने र विकास कसरी गर्नसकिन्छ भनेर आफै पुगेको छु, उनले भने, आगामी निर्वाचनपछि नाग्म रारा जाने सडक पिच बनाएर देखाउनेछौँ ।

नजिकै बग्ने हिम नदीबाट के लाभ लिन सकिन्छ भन्ने विषयमा समेत गम्भीर चासो राखेको उनले बताए । विद्युत, टेलिफोन टावर, विद्युत्को ट्रान्समिसन लाइन जोड्दै राम्रो विद्यालय र अस्पताल बनाउन एमालेको ध्यान केन्द्रित हुने उनले बताए ।

नेकपा एमालेप्रतिको जनताको आकर्षणले गठबन्धनको सरकारलाई छटपटी भइरहेको ओलीले दाबी गरे । उनले अहिले सरकार जनतालाई ढाँट्ने धाउन्नमा रहेको बताए ।

 

images
प्रकाशित मिति :चैत्र १७, २०७८ बिहिवार - २०:१९:४८ बजे

इच्छाकामना न्युज

इच्छाकामना ब्रोडकाष्टिङ मिडिया प्रा. लि. द्वारा संचालित डिजिटल अनलाईन पत्रिका इच्छाकामना न्युज डटकम २०७४ साल जेठ देखि संचालनमा रहेको नेपाली भाषाको अनलाईन न्युज पोर्टल हो। ‘अब गाउँको खबर विश्वभर...’ भन्ने अभियानका साथ संचालित इच्छाकामना न्युज अनलाईन चितवनको इच्छाकामना गाउँपालिकाबाट संचालित पहिलो अनलाईन पनि हो। विशेष गरेर चितवनको इच्छाकामना गाउँपालिका सहित आसपासका स्थानीय तहहरु गोरखाको शहिद लखन र गण्डकी, तनहुँको आँबुखैरेनी र देवघाटका साथै धादिङको बेनिघाट रोराङ गाउँपालिकाको स्थानीय सरकारका गतिविधिका साथै विकास निर्माण, सुरक्षा, अपराध, कृषी, पर्यटन, सडक, विज्ञान–प्रविधि, रोजगारी, स्वास्थ्य, शिक्षा, मनोरञ्जन, साहित्य लगायतका सामाजिक–सांस्कृतिक मुद्दाका समाचारहरु हामी प्राथमिकताका साथ प्रकाशन गर्ने गर्छौ।

सम्बन्धित समाचार
images

Copyright © All right reserved to ichchhakamananews Site By: SobizTrend Technology