Logo

सोमवार, आश्विन १२ गते २०८३

images
२०८३, आश्विन १२ गते
images
images

नेपाल फिफा वरियतामा एक स्थान तल 

नेपाल फिफा वरियतामा एक स्थान तल 

इच्छाकामना न्युज

१८, चैत्र २०७८
नेपाल फिफा वरियतामा एक स्थान तल 
images

काठमाण्डौ, १८ चैत । नेपाल फिफा वरियतामा एक स्थान तल झरेको छ । विश्व फुटबलको सर्वोच्च निकाय फिफाले सार्वजनिक गरेको पछिल्लो वरियतामा नेपाल एक स्थान तल झरेर १ सय ६८ औँ स्थानमा झरेको छ । नयाँ वरियतामा नेपालले कुल ९७८ दशमलव ८६ अङ्क जोडेको छ । दक्षिण एसियामा नेपाल तेस्रो स्थानमा छ ।

images
images

नेपालले केही दिनअघि मात्रै थाइल्याण्डसँग अन्तर्राष्ट्रिय मैत्रीपूर्ण फुटबल खेलेको थियो । नेपाल थाइल्याण्डसँग २–० ले पराजित भएको थियो । त्यस्तै दक्षिण एसियामा शीर्ष स्थानमा रहेको भारत पनि दुई स्थान झरेर १०६ औँ स्थानमा झरेको छ । १५६ औं स्थानमा रहेको माल्दिभ्स दुई स्थान सुधार गर्दै दक्षिण एसियामा दोस्रो स्थानमा छ ।

त्यस्तै, १८७औँ स्थानमा रहेको भुटान दक्षिण एसियामा चौथो स्थानमा रहेको छ भने १८८औँ स्थानमा रहेको बंगलादेश दक्षिण एसियामा पाँचौँ स्थानमा छ । १९७ औं स्थानमा रहेको पाकिस्तान दक्षिण एसियामा छैटौं स्थानमा छ भने २०५औँ स्थानमा रहेको श्रीलंका दक्षिण एसियाको पुछारमा छ ।

त्यस्तै, यस पटक फिफाको पछिल्लो वरियतामा ब्राजिल शीर्ष स्थानमा उक्लिएको छ । ब्राजिल पाँच वर्षपछि फिफा वरियतामा शीर्ष स्थानमा उक्लिएको हो । बेल्जियम दोस्रो स्थानमा र विश्व च्याम्पियन फ्रान्स तेस्रो स्थानमा छन् ।

images
प्रकाशित मिति :चैत्र १८, २०७८ शुक्रवार - १०:०१:१६ बजे

इच्छाकामना न्युज

इच्छाकामना ब्रोडकाष्टिङ मिडिया प्रा. लि. द्वारा संचालित डिजिटल अनलाईन पत्रिका इच्छाकामना न्युज डटकम २०७४ साल जेठ देखि संचालनमा रहेको नेपाली भाषाको अनलाईन न्युज पोर्टल हो। ‘अब गाउँको खबर विश्वभर...’ भन्ने अभियानका साथ संचालित इच्छाकामना न्युज अनलाईन चितवनको इच्छाकामना गाउँपालिकाबाट संचालित पहिलो अनलाईन पनि हो। विशेष गरेर चितवनको इच्छाकामना गाउँपालिका सहित आसपासका स्थानीय तहहरु गोरखाको शहिद लखन र गण्डकी, तनहुँको आँबुखैरेनी र देवघाटका साथै धादिङको बेनिघाट रोराङ गाउँपालिकाको स्थानीय सरकारका गतिविधिका साथै विकास निर्माण, सुरक्षा, अपराध, कृषी, पर्यटन, सडक, विज्ञान–प्रविधि, रोजगारी, स्वास्थ्य, शिक्षा, मनोरञ्जन, साहित्य लगायतका सामाजिक–सांस्कृतिक मुद्दाका समाचारहरु हामी प्राथमिकताका साथ प्रकाशन गर्ने गर्छौ।

images

Copyright © All right reserved to ichchhakamananews Site By: SobizTrend Technology